नेभिगेशन
अन्य

गणतन्त्र दिवसको दिन संविधान जारी हुनेः नेता देउवा

भीमदत्तनगर । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् । प्रेस युनियन कञ्चनपुरले आज बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले केही दिनयता राजनीतिक दलबीच सहमतिको वातावरण बनिरहेकाले जेठ १५ मै नयाँ संविधान जारी हुने सम्भावना रहेको बताए । ‘केही दिनयता सत्तापक्ष र विपक्षबीच सकारात्मक छलफल हुँदै गएको छ ।’ उनले भने–‘दलहरुबीच सहमति हुन सके गणतन्त्र दिवसको दिन संविधान जारी गर्न सकिन्छ ।’ उनले वार्ता र सहमतिका नाममा धेरै समय खेर फाल्न नहुने धारणा राख्दै सहमतिमा विपक्षीहरु नआए प्रक्रियाबाट भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिए । सङ्घीयताकै कारण संविधान निर्माण प्रक्रिया रोकिएको बताउँदै नेता देउवाले दलहरु पिच्छेका धारणाले सङ्घीयतामा समस्या भइरहेको बताए । ‘केहीका धारणा पूरै तराईलाई मधेसमा गाभ्ने भन्छन्’–उनले भने–‘उत्तर–दक्षिणको सीमाङ्कनमा हाम्रो जोड हो ।’ कैलाली, कञ्चनपुरलार्ई पनि केही पार्टीले टुक्र्याउन खोज्दा सुदूरपश्चिमका सवालमा पनि समस्या सिर्जना भएको उनको भनाइ थियो । सङ्घीयताका विषयमा सहमति भए संविधान जारी गर्न कुनै समय नलाग्ने नेता देउवाको भनाइ थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्