नेभिगेशन
अन्य

पुष्पकमल संविधान नचाहनेको जालमा : माधव नेपाल

जाजरकोट । नेकपा एमालेका नेता माधव कुमार नेपालले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल संविधान नचाहने शक्तीको जालमा परेको बताएका छन् । संविधान नचाहने शक्तीले दाहाललाई जालमा पारेको भन्दै उनीहरुबाट सचेत रहन पनि नेपालले दाहाललाई आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल जाजरकोट शाखाले बुधबार बिहान खलंगामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संविधान नचाहाने शक्तिले दाहाललाई जालमा पारेको भन्दै आन्दोलनको धम्की दिनेहरुको सल्लाहमा नलाग्न आग्रह गरे । माघ ५ गतेपछि एमाओवादी अध्यक्ष दाहालसंग तीन पटक आफ्नो भेटवार्ता भएको उल्लेख गर्दै नेता नेपालले विपक्षी मोर्चा सहमतिमा आउने विश्वास गरे । ‘प्रचण्डजीसँग तीन पटक भेट गरेको छु, गच्छेदारजीसँग दुई पटक भेटवार्ता भयो’, नेता नेपालले भने, ‘सहमतिका लागि इमान्दार प्रयास भईरहेको छ । अन्ततः उहाँहरु सहमतिमा आउनुहुन्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेको नेता नेपालले संविधान जारी नहुँदासम्म सरकार परिवर्तन नहुने समेत बताए । आगामी जेठ १५ गतेभित्र संविधान जारी हुने भन्दै त्यसबेलासम्म सरकार परिवर्तन नहुने उनको भनाई छ । संविधान निर्माणका लागि विपक्षी मोर्चालगायत सबैसंग सहमतिको अन्तिम प्रयास हुने नेता नेपालले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्