नेभिगेशन
अन्य

एसएसलीका परीक्षार्थीले प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नुपर्ने

काठमाडौं । यो वर्षको परीक्षामा सम्मिलित सबै विद्यार्थीले प्रश्नपत्रमा आफ्नो सिम्बोल नम्बर लेख्नुपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको इतिहासमा पहिलोपटक यस्तो व्यवस्था गर्न लागेको हो । यसअघि सबै परीक्षार्थीले उत्तरपुस्तिकामा मात्रै सिम्बोल नम्बर लेख्नुपर्ने व्यवस्था थियो । ‘प्रश्नपत्रमा उत्तर लेखेर चिटिङ गर्ने परम्परा बढेपछि पहिलोपटक यस्तो व्यवस्था गर्न लागेका हौं’ परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने । उनले अघिल्लो बेन्चमा बस्ने विद्यार्थीको प्रश्नपत्र अर्को बेन्चमा पुग्ने र पछिल्लो बेन्चको प्रश्नपत्र अघिल्लो बेन्चमा पुग्नेलगायतका विकृति बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रश्नपत्रमा आ–आफ्नो सिम्बोल नम्बर लेख्ने व्यवस्था गर्न लागिएको बताए । परीक्षार्थीले परीक्षा समाप्त नभएसम्म आफ्ना प्रवेशपत्र प्रश्नपत्रसँगै राख्नुपर्ने भएको छ । विशेष गरी तराईका आठ र चोरी गरेर पास हुने जिल्लालाई लक्षित गरी यो प्रणाली प्रयोगमा ल्याउन लागिएको जानकारी गराउँदै परीक्षा नियन्त्रक द्वारेले भने–‘यो प्रणालीको कारण विद्यार्थी प्रश्नपत्र बाहिर लगेर चिटिङ गर्ने प्रविधि शून्यमा आउनेछ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै