नेभिगेशन
अन्य

सर्वोच्चमा २ करोड बेरुजु

काठमाडौं । सर्वोच्च अदालतमा गत आर्थिक वर्षमा दुई करोड बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा आव ०७०÷०७१ मा सर्वोच्चको विनियोजित बजेटमा करिब दुई करोड बेरुजु रहेको उल्लेख गरिएको हो । बेरुजु तलब ,भत्ता,करकट्टा , विशेष भ्रमणदेखि पत्रिका छपाईसम्मका रहेका छन् । महालेखाले बिनियोजन गरेका अधिकांश शीर्षकपिच्छे बेरुजु औंल्याएको छ । सरकारी कोषको विनियोजन ,राजस्व र धरौटीको लेखापरीक्षण महालेखाले गर्छ । महालेखा परीक्षाकको प्रारम्भिक प्रतिवेदनले अदालतका विभिन्न शीर्षकमा विनियोजन भएको रकममध्ये गत असार मसान्तसम्म एक करोड ७८ लाख ८८ हजार सात सय ४९ रुपैयाँ बेरुजु औंल्याएको हो । महालेखाले अदालतलाई ३५ दिनभित्र मिलाउन सक्ने बेरुजु रकम रुजु गर्न पनि निर्देशन दिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै