नेभिगेशन
अन्य

बलत्कारीलाई फाँसीको माग गर्दै शबसहित प्रर्दशन

कलैया । बलात्कार पछि उपचारको क्रममा १६ दिनपछि आइतबार मृत्यु भएकी बालीकाको शव लिएर कलैयामा मंगलबार दिनभर प्रर्दशन भएको छ । बलात्कारीलाइ फाँसीको माग गर्दै कलैयामा प्रर्दशन भएको हो । काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारको क्रममा कलैया नगरपालिका–८ निवासी बद्रीनारायण साहकी ६ वर्षी छोरी पूजा साहको मृत्यु भएको थियो । बिगतका दिनहरुमा भइरहेको यस्ता घटनालाई मध्य नजर गर्दै बिभिन्न राजनीतिक दल, महिला अधिकारकर्मी, बेटी बचाउ संघर्ष समिति लगायतकाले बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई ज्ञापन पत्र बुझाउँदै पीडित परिवारलाई उचित क्षतिपूर्ती दिन माग गरेका छन् । पटक पटक सदरमुकाम कलैयामा भइरहेको बालिकाहरुको बलात्कार पछि हत्याका घटनाहरुले कलैयाबासीलाई चिन्तीत बनाएको गुनासो गर्दै प्रजिअ पन्थीसँग शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । राज्यको तर्फबाट स्थानीय प्रशासनले घटनाको सम्बन्धमा उचित सम्बोधन नगरे शवलाई जिल्ला प्रशासन कार्यालय अगाडि नै राखेर प्रदर्शन गर्ने बेटी बचाउ संघर्ष समितिका सचिव मुकेश साहले बताए । कलैयामा रहेका निजी तथा सामुदायिक विद्यालयका करिव विद्यार्थीहरुको व्यापक सहभागीता थियो । बिद्यार्थीले दोषीलाई कारबाही, कलैयामा बारम्बार भइरहेको बालिका बलात्कार हत्या बन्द हुनुपर्ने तथा शान्ति सुरक्षाको स्थिति राम्रो गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । बलात्कार पछि मृत्युसँगै लड्दै गरेकी पूजाले आइतबार बेलुका करिब ६ बजेर ४० मा मृत्यु भएको थियो । फागुन ८ गते शुक्रबार बेलुकादेखि हराएकी बालिका साह ९ गते शनिबार बिहान साँढे ६ बजे श्री ३ चन्द्र उच्च माध्यमिक विद्यालय नजिक अचेत अवस्थामा फेला परेकी थिइन् । अचेत अवस्थामा फेला परेकी पूजालाई उपचारको लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा पुर्यायएको थियो । कलैया बजारमा चुराको व्यवसाय गर्ने आमालाई फागुन ८ गते शुक्रबार साँझमा एक छिनमा बजार आउँछु निस्केकी थिइन् । बालिका राति सात बजेसम्म पसलमा नआएपछि बालिकाकी आमा र बुवाले खोजी कार्य सुरू गरेका थिए । बजारमा छोरी नभेटाएपछि आमा र बुवाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराले घटनाको आरोपमा कलैया नगरपालिका–४ बस्ने २८ वर्षिय कन्हाइ गुप्तालाइ पक्राउ गरि जबरजस्ती करणीको मुद्दामा बारा जिल्ला अदालतबाट कारबाही अगाडि बढाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्