नेभिगेशन
अन्य

पारसलाई थुनामुक्त गर्न थाई अदालतको आदेश

काठमाडौं । थाइल्याण्डमा थुनामा रहेका पूर्वयुवराज पारस शाहलाई नोङखाई प्रान्तीय अदालतले थुना मुक्त गर्ने आदेश दिएको छ । ‘पूर्व युवराजका वकिल चाक छाइलाई रिहाइको जानकारी अदालतले मंगलबार दिएको छ, ‘थाइल्याण्डस्थित नेपाली समाजसेवी तथा पारसका साथी सुनिल खड्काले भने– ‘उहाँलाई प्रक्रिया पुर्याएर एक दुई दिनमै छाडिने भएको छ ।’ खड्काका अनुसार उनको मुद्दा भने टुंगिसकेको छैन । तर, उनले बाहिरै रहेर मुद्दा लड्न पाउनेछन् । शाहलाई पूर्वराजा ज्ञानेन्द्रका छोरा एवं नेपालका युवराज रहिसकेका व्यक्तिका रुपमा प्रमाण पेश गर्न अदालतले आदेश दिएको थियो । थाइ प्रहरीले उनलाई षड्यन्त्रपूर्वक ९.७ ग्राम गाँजासहित पक्राउ गरेकोमा उनी त्यसको व्यापार गरेर खाने व्यक्ति नभएको पुष्टी उनका वकिलले गरेका थिए । उनी पूर्वयुवराज भएको व्यहोरा खुल्ने इन्टरनेटका सामग्री अदालतमा प्रस्तुत गरे पनि राज्यको तर्फबाट प्रमाणित कागज खोजेपछि नेपाली राजदूताबासले त्यो उपलब्ध गराएका थियो । खड्काका अनुसार, सुरूमा उनलाई त्यस्तो खुल्ने कागज दिन केही आनाकानी भएको थियो । त्यस्तो कागजात माग्न परिवारकै मानिस आउन समेत उनीहरूले भनेका थिए । तर, पछि उनका कानुन व्यवसायीले माग गरे अनुसार उनको स्थिति खुल्नेगरी कागजात राजदूताबासले दिएको थियो । त्यसैले उनलाई छुट्न सहयोग गरेको हो । चालु अंग्रेजी महिना मार्चको अन्तिमसम्ममा उनको मुद्दाको अन्तिम फैसला भइसक्नेछ। उनलाई आफ्नो घरजग्गा वा अन्य सम्पत्तिसम्बन्धी कागजात ल्याएर राखी बाहिरै बसेर मुद्दा लड्न अदालतले आदेश दिएका कारण शाहको थाइल्याण्डमा रहेको फ्ल्याटको कागजातसमेत अदालतलाई बुझाइसकिएको जानकारी खड्काले दिए । हाल पारस थुनामा रहेको नोडखाई जेल थाइल्याण्डको राजधानी बैंककबाट १ घन्टा १० मिनेटको हवाइ उडान र ६० किलोमिटरको यात्रापछि पुगिन्छ । ‘हाम्रो उद्देश्य उहाँ नेपाल आउनुहोस् भन्ने छ,’ खड्काले भने । पारसलाई थाइल्याण्डमा एकपछि अर्को षड्यन्त्रमा फसाएर नेपाल आउन नदिने व्यक्तिहरू रहेको तथ्य खड्काले यसअघि सार्वजनिक गरिसकेका थिए । यस्तै आसयको फेसबुक स्टाटस लेखेका पारसलाई फेरि केही दिनमै थाइ प्रहरीले थुनामा लिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै