नेभिगेशन
अन्य

ओलीलाई छातिमा इन्फेक्सन, उनलाई घरमै विशेष उपचार, स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छातीमा ‘इन्फेक्सन’ भएपछि एमाले स्थायी समिति बैठक स्थगित भएको छ। ओली चिकित्सकको सल्लाहमा केही दिनदेखिन निवासमै आराम गरिरहेका छन्। स्वास्थ्यमा समस्या भएकाले अध्यक्ष ओली प्रमुख राजनीतिक दलसँगको बैठकमा पनि सहभागि भएका छैनन्। यसअघि प्रधानन्त्री निवासमा भएको प्रमुख तीनसँग आन्दोलनरत एमाओवादी मोर्चाको बैठकमा पनि सहभागी हुन सकेका थिएनन्। मंगलबार हुने भनिएको स्थायी समितिको बैठक ओलीको छातिमा इन्फेक्सन भएर बोल्नै गारो भएपछि रोकिएको एमाले सचिव योगेश भट्टराईले बताए। ‘एक बजे बालकोटमा बैठक बसेर बागलुङको लागि उम्मेदवार तय गर्ने कार्यक्रम थियो, अध्यक्ष अस्वस्थ भएपछि भोलि या पर्सी बसौला भन्दै आज बस्ने बैठक रोकियो,’ बैठकमा भाग लिन गएका एक नेताले भने। ‘छातीमा इन्फेक्सन भएर उहाँ बोल्नै नसक्ने अवस्थामा हुनुहुन्छ। चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमा होइन घरमै विशेष उपचार हुँदैछ।’ यस्तै अन्य आकांक्षीहरूमा हिरा केसी, मना केसी, मनाकेसी समानुपातिकमा यसअघि नाम परेकाले निर्वाचन आयोगले हटाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै