नेभिगेशन
अन्य

सर्वोच्चको फैसलाबिरुद्ध एमाओवादी र बैद्य माओवादीको संयुक्त बिज्ञप्ती

काठमाडौंं । एमाओवादी र नेकपा(माओवादीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाएका छन् । एचबअजबलमब( माओवादी अध्यक्ष पुष्पकमल दाहाद र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले मंगलबार संयुक्त विज्ञप्ति नै जारी गरेर द्वन्द्वकालका मुद्दाहरुमा फौजदारी कानून र सामान्य अदालती प्रक्रिया आकषिर्त हुने अदालतको ब्याख्या वृहत शान्ति सम्झौता विपरीत भएको बताएका हुन् । नियमित अदालतहरुमा विचाराधीन मुद्दा अदालतबाटै निरुपण हुने भन्ने सर्वोच्चको व्याख्याले द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न बनेको असाधारण र विषेश कानूनलाई वेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ । दुई माओवादीका अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘अदालतको व्याख्याले आयोगको अधिकार क्षेत्रमा कटौती गर्नुका साथै सक्रमणकालीन न्यायको मूल्य, मान्यता र सिद्धान्तसमेत विपरीत रहेको हाम्रो ठहर छ ।’ सिद्धान्ततः गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई कारवाही हुनुपर्ने कुरामा विमति नरहे पनि अदालतको फैसलाले थप झन अन्योल पैदा परेको माओवादीको ठहर छ । ‘सामान्य प्रकृतिका घटनामा संलग्नलाई समेत क्षमादान हुन नसक्ने व्याख्या गरी भएको फैसलाले सत्य अन्वेषण र मेलमिलापको विधिशास्त्रीय मान्यता एवम् सक्रमणकालीन न्यायको सिद्धान्त र मूल्य–मान्यतालाई आत्मसाथ गर्न सकेको पाइएन–विज्ञप्तिमा भनेका छन् । अदालतको पछिल्लो व्याख्याले शंका उब्जिएको भन्दै दुबै माओवादीले अन्यौल हटाउन माग गरेका छन् । शान्ति सम्झौताको कुनै व्याख्यामा कुनै विवाद उत्पन्न भएमा सम्झौताको प्रस्तावना र अनुसूचीमा संलग्न दस्तावेजहरुका आधारमा दुवै पक्ष सम्मिलित संयुक्त संयन्त्रले व्याख्या गर्ने र यो अन्तिम उल्लेख रहेको भन्दै एमाओवादी र बैद्य माओवादीले ऐनमा आवश्यक संशोधन गर्न पनि माग गरेका छन् । साथै सत्य निरुपणसम्वधी ऐनको दफा १३ को उपदफा ९३० अनुसार द्वन्द्वकालमा भएका घटनाहरुमा परेका उजुरीलाई यथावस्थामा राखी आयोग समक्ष पठाउन नेपाल सरकारसमक्ष माग गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले छानविन गरेको भए सबै छानविन पनि आयोग समक्ष पठाउन आग्रह गरेका छन् । एमाओवादी र बैद्य माओवादीले राजनितिक मुद्दा फिर्ता लिन शान्ति सम्झौताको बुँदा स्मरण गराएको छ । विज्ञप्तिमा भनिएको छ–माग पूरा तत्काल नभएमा विस्तृत शान्ति सम्झौता अवरुद्ध हुन गई मुलुक पुनः द्वन्द्वतर्फ उन्मुख हुनेतर्फ सबैलाई सचेत रहन आग्रह गर्दछौं ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै