नेभिगेशन
अन्य

बालुवाटारमा प्रधानमन्त्री र गच्छदारवीच गोप्य वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच एक घण्टा गोप्य कुराकानी भएको छ । कोइराला र गच्छदारबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान कुनै सहयोगी नराखी वार्ता भएको थियो । मोर्चाको बैठकअघि कोइराला र गच्छदारबीच भएको एक घण्टा लामो गोप्य भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । ३० दलीय मोर्चाको बैठक मंगलबार दुई बजेपछि बस्दैछ । बैठकमा दोस्रो चरणको आन्दोलका कार्यक्रम घोषणा गर्नेबारे छलफल हुने बताइएको छ । भेटपछि नेता गच्छदारले प्रधानमन्त्रीसँगको वार्ता निकै सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । वार्ताबाटै सहमति कायम गर्ने प्रधानमन्त्री कोइरालाको प्रयास सार्थक हुने उनले बताए । प्रधानमन्त्री कोइरालाले सोमबार विज्ञप्ति निकालेर एमाओवादी अध्यक्ष दाहाल नेतृत्वको मोर्चामा आवद्ध सबै दललाई वार्ताबाटै सहमति बनाउन सकिन्छ भन्ने कुरामा भरोसा गर्न आग्रह गरेका थिए । गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिक एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको एक घटक हो । गच्छदारले आन्दोलनभन्दा वार्ता सहमतिमा जोड दिँदै आएका छन् । सत्तापक्षीय दलले एमाओवादी मोर्चालाई फुटाउन खोजेको र गच्छदारलाई फकाउन सक्रिय रहेको मोर्चामा अबद्ध दलका नेताहरुले आरोप लगाउँदै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै