नेभिगेशन
अन्य

एकमहिना नहुँदै निगमले ल्याएको एयसबस बिग्रीयो

काठमाडौं । नेपाल बायु सेवा निगमले एकमहिना अघि ल्याएको जहाज बिग्रेर ग्राउन्डेड भएको छ । सगरमाथा नाम दिएको एयर बस गम्भीर प्राविधिक समस्याका कारण उड्न प्रतिबन्ध लगाइएको हो । निगमले माघ २५ गते यो एयरबसलाई काठमाडौँमा दुलही सरी भित्राएको थियो । जहाज काठमाडौं आएको ठिक एक महिना फागुन २५ देखि यो जहाज थन्किन पुगेको हो । वायुसेवा निगम उच्च स्रोतका अनुसार जहाजको फिल्टर बिग्रिएको प्रारम्भिक अनुमान छ । सोमवार जहाज बिग्रिएपछि निगमले यात्रुलाई होटलमा राखेको थियो । यात्रुहरुलाई आज अर्कै एयरलाइन्सबाट उडाउने तयारी भइरहेको निगम स्रोतले जनाकारी दियो । माघ २५ मा ल्याइएको यो जहाजले पहिलो व्यवसायिक उडान भने फागुन १५ मा बल्ल गरेको थियो । व्यवसायिक उडान थालेको १० दिन भए पनि चार दिन त टर्किस एयरलाइन्सको जहाज दुर्घटनाकै कारण विमानस्थल बन्द भएर यो जहाज विमानस्थलमा थन्किन पुगेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै