नेभिगेशन
अन्य

सत्तापक्ष वार्तामा गम्भिर नभएको भन्दै एमाओवादी मोर्चाले बैठक बोलायो

काठमाडौं । सत्तारुढ दल वार्तामा गम्भीर नदेखिएको निष्कर्ष निकालेको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आज बैठक बस्दैछ । दिउसो मोर्चाको बैठक बस्न अघि एमाओवादी अध्यक्ष एंव मोर्चाका संयोजक दाहालले अहिले बिहान मधेसी, जनजातिसहित सचिवालयको बैठक बोलाएका छन् । अपराहन विपक्षीको ३० दलको बैठक बस्ने तय भएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए । सहमतिका लागि मोर्चाले सरकारलाई फागुन २६ को अल्टिमेटम दिएको थियो । तर, यो अवधिमा एमाले नेताहरुले वार्ताप्रति कुनै रुची नदेखाएको एमाओवादी निश्कर्ष छ । केहि दिन अघि डेढ महिनापछि भएको दलहरुको वार्तामा एमालेका जिम्मेवार नेताहरु सहभागि नभएको र सत्तापक्षले समय कटाउने बाटो मात्र बनाएको आरोप मोर्चाले लगाउदै आएको छ । सत्तापक्षले वार्तामा नबोलाएपछि के गर्ने भन्नेबारे सोमबार साँझ प्रचण्ड निवास लाजिम्पाटमा एमाओवादीका शीर्ष नेताले आन्तरिक छलफल गरेपछि मंगलबार मोर्चाको बैठक बस्ने तिथि तय भएको हो । त्यही लगतै प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको वातावरण बनाउन सवैलाई आग्रह गर्दै बिज्ञप्ती निकालेका थिए । मोर्चाका एक नेताका अनुसार बिहान बस्ने सचिवालयको बैठकले आन्दोलनको खाका समेत बनाउने र दिउँसो ३ बजे मोर्चाको शीर्ष नेताहरुको बैठकमा पेश गरिनेछ । मंगलबार सत्तापक्षसँग वार्ता नभए विपक्षीले आन्दोलन घोषणा गर्ने तयारी गरेको बताइएको छ । तर मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरे पनि वार्ताको ढोका भने खुला राखिने जनाएको छ । मोर्चाले मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको असहमतिका वावजुद बिनासर्त वार्ता गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै