नेभिगेशन
अन्य

‘सहमतिका नाममा संविधानसभालाई बाइपास गर्न सकिदैन्’

कपिलवस्तु । पहिलो संविधानसभा निर्वाचन पूर्व सङ्क्रमणकालीन अवस्थामा गरिएका सहमति र सम्झौताका नाममा संविधानसभालाई बाइपास गरेर कुनै हालतमा पनि संविधान निर्माण प्रक्रियाअघि बढ्न नसक्ने नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताएका छन् । नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता पौडेलले विगतमा गरिएका सम्झौताका कुरा तेर्साएर संविधानसभाको मुल मर्मलाई कुण्ठित पार्दै संविधानसभा बाहिरबाट संविधान बनाउने काम हुनै नसक्ने उल्लेख गर्नु भयो । पूर्व राजाले समेत सम्झौताका कुरा गर्न थाल्नुभएको छ, नेता पौडेलले भन्नुभयो, “सहमति र सम्झौताभन्दा संविधानसभा ठूलो हो । ती गरिएका सहमति र सम्झौता उल्टाएर हेरौँ त्यसको अन्तिम निर्णय भने संविधानसभाले नै गर्नेछ भनी लेखिएको छ ।” उपसभापति पौडेलले राजा शुद्धोधनको दरबार तिलौराकोट क्षेत्रको अवलोकन भ्रमण गरी लुम्बिनीको विकास सँगसँगै प्राचीन कपिलवस्तु क्षेत्रको विकासका लागि पनि सरकारको विशेष ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै