नेभिगेशन
अन्य

प्रतिगामीहरुले परिवर्तनकारी व्यक्तिको चरित्र हत्याको प्रयास गरे : बाबुराम

काठमाडौं । एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अग्रगामी परिवर्तनकारी शक्ति र व्यक्तिको मानमर्दन एवं चरित्र हत्याको प्रयास भइरहेको बताएका छन् ।पछिल्लो समय सञ्चार माध्यम र केही वृत्तबाट राष्ट्रियताबारे गैरजिम्मेवार र दुराशयपूर्ण टिकाटिप्पणी भएको भन्दै उनले फेसबुकमार्फत असन्तुष्टि जनाएका छन् । यस्ता टिप्पणीकर्ताहरु मध्ये अधिकांश पुरानो सत्ताका पक्षधर र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी(समानुपातिक लोकतन्त्रका विरोधी समेत देखिएको उनले बताए । भट्टराईले लेखेका छन्(‘उनीहरुको राष्ट्रियताको गोहीको आँसुको वास्तविक मर्म अग्रगामी परिर्वतनकारी शक्तिरव्यक्तिहरुको मानर्दनरचरित्रहत्या गरेर समग्र क्रान्तिकारी परिर्वतनको प्रक्रियामाथि नै बञ्चरो प्रहार गर्नु रहेको स्वतः प्रष्ट हुन्छ ।’ भट्टराईले केही आला काँचा ‘क्रान्तिकारी’हरु भूलबस बहकिएको समेत टिप्पणी गरेका छन् । पञ्चायती निरंकुशतावादीहरुले बहुदलवादी र वामपन्थी क्रान्तिकारीहरुलाई अराष्ट्रिय तत्व भन्ने गरेको भन्दै उनले अहिले त्यसको धङधङी देखिएको बताए । प्रतिगामी यथास्थितिवादी शक्तिहरुले भौगोलिक राष्ट्रियताको मात्र कुरा गर्ने शोषणयुक्त सत्ता कायम गर्ने भन्दै उनले अग्रगामीहरुले भूगोल र जनतासहितको प्रगतिशील राष्ट्रवादको पक्षपोषण गर्ने बताए । एमाओवादीलाई अग्रगामी क्रान्तिकारी शक्ति भन्दै उनले सुगौली सन्धीदेखिको राष्ट्रियतामाथिको घाउ दीर्घकालीन उपचार गरेर स्वाधीन, सार्वभौम र समृद्ध नयाँ नेपाल निर्माण गर्न माओवादी प्रतिवद्ध रहेको समेत बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्