नेभिगेशन
अन्य

स्वयंभुको मुस्ताङ गुम्बाभित्रै जुवाको खाल, १२ लाख नगदसहित २५ जना पक्राउ

काठमाडौं । स्वयंभुस्थित मुस्ताङ गुम्बाभित्रै क्यासिनोजस्तै बनाएर जुवा खेलाइने गरेको खुलासा भएको छ । आइतबार राति प्रहरीले गुम्बामा छापा मारी १२ लाख नगद र जवाका सामाग्रीसहित २५ जनालाई पक्राउ गरेको छ । प्रहरी अपराध महाशाखाबाट इन्स्पेक्टर गोविन्द पन्थीको कमान्डमा खटिएको टोलीले राति गुम्बामा छापा मारेको हो । प्रहरीले घटनास्थलबाट लामाको भेष लगाएका समेत करिब २५ जनालाई पक्राउ गरेको स्रोतले बतायो । घटनास्थलबाट प्रहरीले १२ लाख नगद र करिब १२ सय थान मच्याङ बरामद गरेको छ । ध्यान एवं धर्मकर्म गर्नुपर्ने गुम्बाभित्र जुवा खेलाइने गरेको स्थानीयको उजुरीका आधारमा प्रहरीले छापा मारेको हो । गुम्बाबाट जुवाडेलाई समातिएपछि स्वयंभुका स्थानीहरु खुशी भएको प्रहरीलाई सहयोग गर्ने एक स्थानीयले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै