नेभिगेशन
अन्य

एमाओवादी अध्यक्ष र अमेरिकी राजदुत भेट

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संबिधान लेखनका बिषयमा सहमति खोज्ने प्रयास भईरहेको बताएका छन् । सोमबार बिहान आफ्नै निबास लाजिम्पाटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडेसँग भेटवार्ता गर्दे अध्यक्ष दाहालले सहमतिका लागी आफुले दलिय छलफललाई निरन्तरता दिएको भन्दै छिटै सहमतिमा पुग्ने बताए । भेटमा राजदूत बोडेले संविधान निर्माण प्रक्रिया र दलहरुबीच भइरहेको सहमतिको प्रयासबारे चासो राखेका थिए । बोडेले के नेपालको राजनीतिमा सहमति हुनै नसक्ने परिस्थिति आएको हो भन्दै दाहाललाई प्रश्न गरेका थिए । जवाफमा दाहालले आफूहरु सहमतिको लागि तयार भएरै आन्दोलन स्थगित गरी वार्तामा बसेको भन्दै सत्तापक्ष वार्ताको लागि गम्भीर नदेखिएको बताए । दाहालले आफुहरु सबैले हाम्रो र राम्रो भन्न सक्ने संविधानको पक्षमा रहेका जानकारी बोडेलाई गराएको उनका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्