नेभिगेशन
अन्य

ठेकदार र जिविसको विवादका कारण मध्यपहाडी लोकमार्गको आयोजनाको काम ठप्प

पाँचथर । जिल्ला विकास समिति तथा वन कार्यालयले कोहिरी उत्खनन गर्न रोकेपछि राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी लोकमार्गअन्तर्गत फिदिमस्थित जोरसालदेखि तमोर नदीसम्म निर्माणाधीन आयोजनाको काम ठप्प भएको छ । फिदिम–ताप्लेजुङ सडकखण्डको फिदिमदेखि पाँच किलोमिटरमा रहेको सडकदेखि दायाँबायाँ १५ मिटर टाढा स्थानमा आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रालिले निकाल्दै आएको ढुंगागिट्टी उत्खनन गर्न जिविस र वन कार्यालयले रोकेका हुन् । आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक तेजकुमार कुरुम्बाङले भने–‘जिविसलाई समेत आफूहरुले बुझाउनुपर्ने करसमेत बुझाइसकेको र पहिल्यै कोहिरी निकाल्न दिए पनि अहिले कोहिरी निकाल्न दिएन, सडक डिभिजन कार्यालय इलामले समेत सडकको दायाँबायाँ १५ मिटर टाढा मात्रै आफूहरुले कोहिरी निकाले पनि निकाल्न दिएनन् ।’ उनले अहिले कोहिरी उत्खनन गर्न नदिएपछि अहिले आयोजनाको काम नै ठप्प भएको र जिविसले गत माघ २८ गते नै पत्र लेखेर कोहिरी उत्खनन गर्न नदिएपछि अहिले आयोजनाको काम अघि बढ्न नसकेको बताए । अढाइ वर्षमा कालापत्रे गरिसक्नुपर्ने सम्झौता रहे पनि आयोजनामा बाधा अड्चन हुने हो भने समयमै काम सक्न नसकिने प्रबन्ध निर्देशक कुरुम्बाङले बताए । यता स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठले भने–‘जुन ठाउँबाट अहिले कम्पनीले कोहिरी निकालिरहेको छ, त्यस ठाउँमा सडकलाई असर पर्ने भन्दै धेरै विवाद भएकाले हामीले विकल्पका रुपमा अन्य स्थान खोजिरहेको छौँ, कम्पनीलाई पनि कोहिरी उत्खननका लागि स्थान खोजी गर्न भनिरहेका छौँ, अब चाँडै उत्खनन गर्ने ठाउँ खोजेपछि उहाँहरुको काम पनि अघि बढ्ने छ ।’ ३० करोड रुपैयाँमा सम्झौता भएको आयोजनाको कालोपत्रे गर्ने कार्य भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै