नेभिगेशन
अन्य

राप्रपा नेपाल औपचारिक बिभाजनमा

काठमाडौं । राप्रपा नेपाल आजबाट औपचारिक रुपमा बिभाजित हुनेभएको छ । अध्यक्ष कमल थापाले एकलौटी गरेको भन्दै लामो समय देखि असन्तुष्ट पक्षले राप्रपा नेपालको समानन्तर समिति गठन गर्ने भएपछि पार्टी औपचारिक रुपमा बिभाजित बन्न लागेको हो । असंतुष्ट पक्षले आज दिउसो पत्रकार सम्मेलन गरेर असन्तुष्ट पक्षले राप्रपा नेपाल समानान्तर केन्द्रीय समिति घोषणा गर्न लागेको हो । समानान्तर समितिको अध्यक्षमा पद्यमसुन्दर लावती, सहअध्यक्षमा गणेश सेरचन, प्रथम उपाध्यक्षमा दिलविकास राजभण्डारी, द्धितिय उपाध्यक्षमा प्रल्हाद साह र तृतिय उपाध्यक्षमा सोनिय लाल रहने भएका छन । महामन्त्रीमा श्याम तिमिल्सीना, वालकृष्ण न्यौपाने र रामु राई रहनेछन् । केन्द्रिय समिति १ सय ५८ सदस्यीय हुने भएको छ । दोस्रो संविधान सभाको निर्वाचनमा पाएको मतका आधारमा समानुपातिकबाट सभासद्हरु छनौट गर्ने बेला देखि अध्यक्ष थापासंग उनिहरु असन्तुष्ट भएका हुन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै