नेभिगेशन
अन्य

नेपाली आकाशमा ट्राफिक जाम

काठमाडौं । नेपाली आकाशमा आइतबार दिनभरि नै हवाइ ट्राफिक जाम भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल व्यस्त भएपछि अवतरणका लागि पालो पर्खने क्रममा आकाशमा ट्राफिक जाम भएको हो । आकाशमा एउटा जहाजले न्यूनतम ४० मिनेटदेखि अधिकतम डेढ घण्टासम्म फन्को मारेर बस्नुपरेको छ । लामो समय फन्को मारेर बस्दा पनि अवतरण गर्न नपाएपछि एयर अरेविया र एयर एशिया डाइभर्ट भएका छन् । विमानस्थल स्रोतका अनुसार एयर अरेबिया भारतको लखनउ डाइभर्ट भयो भने एयर एशिया कोलकाता डाइभर्ट भएको छ । लामो समय आकाशमा होल्ड हुँदा इन्धन सकिन थालेपछि जहाजलाई डाइभर्ट गरिएको हो । दुबै जहाज बेलुका काठमाडौं आउने तालिका छ । दिनभरजसो आकाशमा एक पटकमा पाँचदेखि आठवटासम्म जहाजहरु होल्ड हुन पुगेका छन् । दुर्घटनाग्रस्त टर्किस एयरका कारण विमानस्थल चार दिनसम्म बन्द हुँदा एयरलाइन्सहरुले उडान बढाउँदा यस्तो अवस्था आएको हो । विमानस्थल कार्यालयलाई जहाज उडान अवतरण गराउन हम्मे(हम्मे परिरहेको छ । विमानस्थलमा जहाज पार्किङ स्थलको अभावले पनि जहाजलाई धेरै समय आकाशमा होल्ड गरेर राख्नुपरेको हो । त्रिभुवन विमानस्थलमा ९ वटा जहाज पार्किङ गर्न मिल्छ । दिनभरी नै आकाश मात्र होइन, विमानस्थलको पार्किङ र ट्याक्सी वे (जहाजलाई पार्किङ स्थल लैजाने बाटो’ मा पनि ट्राफिक जाम हुन पुग्यो । अवतरण गरेका जहाज पार्किङमा नअटाएपछि ट्याक्सी वेमा पनि केही बेर राख्नुपर्यो । विमानस्थल कार्यालका अनुसार अवतरण गरेको जहाजलाई ट्याक्सी वे मा २०र२० मिनेट रोक्ने, पार्किङमा भएको जहाजमा यात्रु भरेर धावन मार्ग तिर पठाएपछि ट्याक्सी वे बाट जहाज पार्किङ स्थल लैजाने काम भइरहेको छ । विमानस्थलमा कतिपय बेलामा एकै पटक १४÷१५ वटासम्म जहाज अवतरण गराउनुपर्दा ट्याक्सी वे मा समेत ५÷६ वटा जहाज अडाएर राख्नुपर्यो । ट्याक्सी वे टुमा टर्किस एयरको दुर्घटनाग्रस्त जहाज राखिएको हुँदा त्यसले ट्याक्सी वे वानलाई समेत छेकेको छ । पार्किङमा यसले समस्या पारेपछि अहिले प्राविधिकहरु हटाउनका लागि तयारी गरिरहेको बताइएको छ । जहाजलाई बुद्ध एयरको हृयाङ्गरतर्फ लैजाने बताइएको छ । शनिबार धावनमार्ग खुला गर्नका लागि आन्तरिक टर्मिनल भवनको अगाडि ट्याक्सी वे मा राखिएको थियो । जसले अहिले अन्तराष्ट्रिय उडान अवतरणमा समस्या पारिरहेको छ । साँझ साढे ४ बजेसम्म ३४÷३५ वटा उडान भइसकेको बताइएको छ । सो समयमा पार्किङ र ट्याक्सी वे भरिएको थियो भने आकाशमा ६ वटा जहाज होल्ड भइरहेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै