नेभिगेशन
अन्य

नेपाली जमुना गुरुङ अष्ट्रेलियाकी आठौं धनी महिला

अष्ट्रेलिया । नेपाली मुलकी जमुना गुरुङ यसबर्ष अष्ट्रेलियाको आठौं धनी महिला बन्न सफल भएकी छन् । गतबर्ष ११ औं नम्बरमा रहेकी उनी यसबर्ष २ सय ६४ मिलियन डलर सम्पत्तिसहित आठौं धनी महिला बन्न सफल भएकी हुन् । अष्ट्रेलियाको आर्थिक पत्रिका बिजनेश रिभ्यु विक्लीले आइतबार विश्व महिला दिवसका अवसर पारेर अष्ट्रेलियाका ३० सेल्फ मेड धनी महिलाहरुको सुची सार्वजनिक गरेको हो । उक्त पत्रिकाले प्रत्येक बर्ष अष्ट्रेलियाका धनी व्यक्तिहरुको सुची सार्वजनिक गर्दै आएको छ । एनआरएन अध्यक्ष शेष घलेकी श्रीमती समेत रहेकी उनी कुल १ सय ५ मिलियन डलर सहित गतबर्ष ११औं धनी महिला बनेकी थिईन् । यसबर्ष उनको सम्पती १ सय ५१ प्रतिशतले बृद्धि हुँदै २ सय ६४ मिलियन डलर पुगेको पत्रिकाले उल्लेख गरेको छ । पत्रिकाका अनुसार विश्व महिला दिवस मनाउने क्रममा अष्ट्रेलियामा रहेर आफैंले संघर्ष गरेर सम्पत्ति आर्जन गर्न सफल ३० महिलाहरुको सूचि सार्वजनिक गरिएको हो । यस सूचिमा आफ्नो पुर्खाको सम्पतीबाट थप सम्पत्ति आर्जन गर्ने महिलाहरुलाई नसमेटिएको समेत जनाइएको छ । अष्ट्रेलियामा मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, रियल स्टेट ब्यवसाय, नेपालमा निर्माणाधिन होटल व्यवसाय लगायतका ब्यवसायमा आबद्ध छिन् । यसबर्ष उनीहरुको ब्यवसाय मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीले करिब ६० प्रतिशत नाफा आर्जन गर्न सफल भएको जनाइएको छ । गुरुङ सन १९९० मा बिद्यार्थीका रुपमा आफ्ना श्रीमना घलेसँगै अष्ट्रेलिया आएकी थिइन् । उनले उनका श्रीमान घलेसँगै १ अर्ब रुपैयाँको परोपकारी कार्य गर्न कोष स्थापना गर्ने घोषणा समेत गरिसकेकी छिन् । उक्त सूचिमा उनीसँगै अष्ट्रेलियाली नायिका निकोल किडम्यान् ३ सय ३१ मिलियन डलरसहित छैटौं नम्बरमा अटाएकी छिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।