नेभिगेशन
अन्य

फेरि राप्रपा र राप्रपा नेपालबीच एकता प्रयास

काठमाडौं । पटक पटक गरेको एकताको प्रयास सफल नभएर अलग अलग भएको पूर्व पंचहरुको नेतृत्वमा रहेको दुई वटा पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बीचमा फेरि एक पटक एकताको प्रयास हुने भएको छ । पार्टी एकताबारे वार्ता गर्न राप्रपाले वार्ता कमिटी बनाएपछि फेरि एकपटक एकताको पहल हुने भएको हो । आइतबार बसेको राप्रपाको पदाधिकारी बैठकले महामन्त्री दीपक बोहराको नेतृत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा अर्का महामन्त्री बुद्धिमान तामाङ, प्रवक्ता ठाकुरप्रसाद शर्मा र सहप्रवक्ता किरण गिरी छन् । राप्रपा नेपालले भने यसअघि नै केशरबहादुर विष्टको नेतृत्वमा वार्ता समिति बनाइसकेको छ । राप्रपा नेपालका अध्यक्ष कमला थापाले हालैमात्र राप्रपा अध्यक्ष पशुपति शमशेर राणा र राप्रपाका नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई भेटेपछि एकताका लागि वार्ता सुरु हुन लागेको हो । राप्रपा र राप्रपा नेपालबीच यसअघि पनि पटक पटक पार्टी एकता बारे छलफल गर्न वार्ता भएको थियो । तर, राजसंस्थाका विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया रोकिँदै आएको छ । राप्रपा नेपाल संवैधानिक राजसंस्थाका पक्षमा रहेको छ भने राप्रपा गणतन्त्रमा गइसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै