नेभिगेशन
अन्य

एमाओवादी मोर्चाद्धारा संसदीय समितिको बैठकमा भाग लिने निर्णय

काठमाडौं । एमाओवादी नेतृत्वको मोर्चाले सोमबारबाट संसदीय समितिहरुको बैठकमा भाग लिने निर्णय गरेको छ । ३० दलीय मोर्चाको आाइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि शनिबार बसेको एमाओवादी बैठकले संसदीय समितिहरु बहिस्कारको निर्णय फिर्ता लिने निर्णय गरेको थियो । तर एमाओवादी बाहेका अन्य दलहरुले भने पार्टी निर्णय नभएको भन्दै समितिका बैठकहरुमा भाग लिदै आएका थिए । माघ ११ गते संविधानका विवादित विषयमा प्रश्नावली बनाउन समिति गठन भएपछि विपक्षी मोर्चाले संविधानसभासँगै संसदीय समितिहरुको बैठक समेत बहिस्कार गरेको थियो । तर, फोरम लोकतान्त्रिकका नेताहरु भने समितिका बैठकहरुमा सहभागी हुँदै आएको थियो । मोर्चाका बैठकमा एमाओवादी अध्यक्ष एंव लोकतान्त्रीक फोरमका अध्यक्ष विजय गच्छदारले दलहरुका बीचमा सुरु भएको संवादका बारेमा जानकारी गराएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...