नेभिगेशन
अन्य

काँग्रेसको समावेशी प्रशिक्षण सुरु

काठमाडौं । समावेशी कोटाबाट छानिएका महाधिवेशन प्रतिनिधिहरुका लागि नेपाली काँग्रेसले आइतवारदेखि समावेशी प्रशिक्षण सुरु गर्न लागेको छ । देशभरका ७ ठाउमा आयोजना गरिने प्रशिक्षणहरु मध्ये पहिलो प्रशिक्षण आइतवारदेखि कपिलवस्तुमा सुरु भएको छ । काँग्रेसको केन्द्रिय निति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षणको उदघाटन पार्टीका उपसभापति तथा प्रतिष्ठानका प्रमुख रामचन्द्र पौडेलले गरेका छन् । तिन दिनसम्म चल्ने प्रशिक्षणमा लुम्विनी अंचलका नवलपरासी वाहेकका सवै जिल्ला, राप्ती अंचलका सवै जिल्ला र वाके जिल्लाका हरेक निर्वाचन क्षेत्रबाट पाँच पाँच जनाका दरले १ सय ८५ जना महाधिवेशन प्रतिनिधिहरु सहभागी छन् । प्रशिक्षणमा महिला, दलित, जनजाति, आदीवासी, मुस्लीम लगाएतका विभिन्न समावेशी समुहका महाधिवेशन प्रतिनिधिहरुलाई बोलाईएको प्रतिष्ठानका नेता मधु आचार्यले जानकारी दिए । समावेशीता, संघियता, लोकतन्त्र लगाएतका विषयमा काँग्रेसका नेताहरु गगन थापा, धनराज गुरुङ, डा जगदिशचन्द्र पोख्रेल, डा यज्ञ अधिकारी लगाएतले पनि प्रशिक्षण दिनुहुने पनि नेता आचार्यले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...