नेभिगेशन
अन्य

एमाओवादी नेतृत्वको मोर्चा आन्तरिक छलफलमा

काठमाडौं । सत्तापक्षसँग औपचारिक वार्ता आरम्भ गरेको एमाओवादी नेतृत्वको मोर्चाले आगामी रणनीति तय गर्न अहिले छलफल गरिरहेको छ । सिंहदरवारस्थित एकीकृत माओवादी संसदीय दलको कार्यालयमा जारी मोर्चाको बैठकमा सत्ता पक्षसँग भएको वार्ता र आगामी रणनीति तय गर्ने विषयमा छलफल भइरहेको मोर्चाको एउटा घटक फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले जानकारी दिए । गएको माघ ११ गते सत्तारुढ दलहरुले संविधानसभामा बहुमतीय प्रक्रिया सुरु गरेपछि वार्ता र संविधानसभा बैठक नै बहिष्कार गरेको मोर्चा र सत्तारुढ दलबीच शनिबार वार्ता भएपछिको अवस्थामा लिनुपर्ने रणनीति र आगामी आन्दोलनको विषयमाथि बैठकमा छलफल भइरहेको हो । सहमतिमा संविधान जारी गर्ने सैद्धान्तिक सहमति गरेका प्रमुख चार राजनीतिक शक्तिको शनिबार बसेको बैठकले संविधानको विवादित विषयमा सहमति जुटाउने जिम्मेवारी काँग्रेस सभापति तथा प्रधानमन्त्री सशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तर्फबाट मोर्चा संयोजक विजयकुमार गच्छदारलाई दिइएको थियो । औपचारिक वार्ता शुरु गरेको मोर्चाल संसदीय समितिहरुमा समेत सहभागिता जनाउने निर्णय गर्ने समेत बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्