नेभिगेशन
अन्य

आज १०५ औं अन्तराष्ट्रिय महिला दिवस

काठमाडौं । आइतबार (आज) मार्च ८ तारिख अर्थात एक सय पाँचौं अन्तराष्ट्रिय श्रमिक महिला दिवस । ‘यो वर्ष लैङ्गिक मैत्री संविधान, महिला हिंसाको निदान, भन्ने राष्ट्रिय नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरी नेपालमा मनाइन लागेको यो दिवसको अन्तर्राष्ट्रिय नारा भने महिला सशक्तिकरण नै मानवीय सशक्तिकरणको तस्विर हो’ तय गरिएको छ । आइतबार मुलुकभर महिला दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु भइरहेका छन् । हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । महिला माथि हुने सबै उत्पीडनको अन्त्यका साथै राजनीतिक निकायहरुमा समान सहभागिताको माग गर्दै सन् १९११ देखि यो दिवस मनाउने गरिएको हो । मार्च ८ का दिन मनाइने यस दिवसको शुरुवात राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट शुरु भएको इतिहास छ । सन् १९०८ मार्च ८ कै दिन अमेरिकामा श्रमिक महिलाले मताधिकार पाउनुपर्ने माग अघि सार्दै गरेको आन्दोलनले सार्थकता पाएपछि विश्वभर तरङपैदा गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्