नेभिगेशन
अन्य

‘चार पक्षीय वार्ताले समाधान दिँदैन’

काठमाडौं । राप्रपा नेपालले सत्तारूढ कांग्रेस–एमाले, विपक्षी एमाओवादी र मधेसवादी मोर्चाबीचको वार्ताले मात्र संविधानमा अहिले उठेका विवादलाई सम्बोधन गर्न नसक्ने जनाएको छ । सत्तापक्ष र मोर्चाका नेताबीच शनिबार बिहान औपचारिक वार्ता सुरु भए पनि संविधानसभाको चौथो ठूलो शक्ति र अन्य दलका एजेन्डाबारे चासो नदेखाइएको राप्रपा नेपालको दाबी छ । ‘अहिलेको प्रक्रियालाई यथास्थानमा राखी संविधानसभामा भएका सबै दल बसेर समाधान खोज्नुपर्छ,’ पार्टी अध्यक्ष कमल थापाले भने । उनले पटक–पटक आफ्ना एजेन्डा सम्बोधन गर्न र वार्तामा आफूहरूलाई समेत सहभागी गराउन माग गरे पनि सत्तापक्ष र विपक्षी मोर्चाले बेवास्ता गरेको बताए । यसअघि कांग्रेस, एमालेसहित केही साना दलले संविधानसभामा प्रक्रिया सुरु गर्दा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताबाहेक अन्य विषयमा प्रश्न तयार पारेपछि राप्रपा नेपालले आपत्ति जनाएको थियो । एमाओवादीका शीर्ष नेतृत्वले सबै विषय छलफल गर्नुपर्ने भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि आफ्नो पार्टी पर्ख र हेर मा रहेको समेत उनले बताए । ‘एमाओवादीका नेताले त्यसरी बनाएको प्रश्नको विरोध गर्नुभएको छ । अब वार्तामा के गर्नुहुन्छ हेरौं’ पहिलेकै प्रक्रिया कायम राखे आन्दोलनको विकल्प नहुनेसमेत थापाले बताए । उनले संविधान जारी गर्ने इमानदार प्रयत्न नगरेको आरोपसमेत लगाए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्