नेभिगेशन
अन्य

खुल्यो विमानस्थल, चार दिनसम्म चौविसै घण्टा सेवा, अतिरिक्त उडानमार्फत् यात्रुको उद्धार

काठमाडौं । टर्किस एयरलाइन्सको विमान दुर्घटना भएपछि चार दिनदेखि अबरुद्ध भएको त्रिभुवन बिमानस्थलको अन्तराष्ट्रिय सेवा सुरु भएको छ । गत बुधबार अवतरण गर्नेक्रममा टर्किस एयरको बिमान धावनमार्गको छेऊमा धसिएपछि अन्तराष्ट्रिय बिमानस्थलको सवै सेवा बन्द भएको थियो । शनिवार साँझ टर्किस प्राविधिक टोलीको सहयोगमा बिमानलाई धावनमार्गबाट तानेर पार्किङ क्षेत्रमा पुर्‍याएपछि बिमानस्थल सेवा सुचारु भएको छ । साढे ७ बजेदेखि बिमानस्थलमा चेकइन सुरु भइसकेको छ । ‘९ बजेदेखि उडान र अवतरण नै सुरु भयो, अब बिमानस्थल खुलिसक्यो’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिसचन्द्रलाल सुमनले भने । बिमान हटाउन नेपाली प्राबिधिक पर्याप्त नभएपछि भारतीय सेनाको सहयोग लिएको थियो भने अन्त्यमा टर्किस एयरलाइन्सको टोलीले जहाज तान्ने प्रकृयाको जिम्मा लिएको थियो । नेपाली र विदेशी प्राविधक टोली, नेपाल आर्मी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी, विमानस्थल विस्तार गर्ने ठेकेदार कम्पनीका कर्मचारी लगायत सयौंजना खटिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै