नेभिगेशन
अन्य

अलपत्र नेपालीलाई सहयोग गर्न घलेको अपिल

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार दिनदेखि विमान अवतरण गर्न नपाएपछि विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्न एनआरएन अध्यक्ष शेष घलेले संघका राष्ट्रिय समितिहरुलाई अपिल गरेका छन् । नेपाल आउने क्रममा थाइल्याण्डको बैंककमा रोकिएका घलेले सामाजिक सञ्जालमार्फत नै विभिन्न विमानस्थलहरुमा सयौं नेपालीहरु अलपत्र परेको खबर आएको भन्दै सहयोग गर्न अपील गरेका हुन् । नेपाल आउने तयारीमा रहेका नेपालीहरु खासगरी मलेसिया, थाइल्याण्ड, हङकङ, दोहा साउदी अरब लगायतका देशका विमानस्थलमा अलपत्र परेका छन् भने उनीहरुलाई खर्च तथा बसोबासको समेत समस्या हुन थालेको जनाइएको छ । अध्यक्ष घलेले ती देशका विमानस्थलमा पुगेर नेपाली दूतावास तथा नियोगसँग समन्वय गरी सहयोगमा जुट्न आग्रह गरेका हुन् । साथै उनले थाइल्याण्डमा रहेका नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउन समेत आग्रह गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै