नेभिगेशन
अन्य

‘सङ्घीयता विषयमा सङ्घीय आयोग बनाउन सुझाव’

तुलसीपुर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले असहमतिका विषयलाई अल्झाइराखेर संविधान नै अवरुद्ध गर्ने काम गर्न नहुने बताएका छन् । प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहमति नहुने विषयलाई अर्को कुनै उपायबाट टुङ्ग्याउने गरी संविधान जारी गर्नुपर्नेमा जोड दिए । सङ्घीयताको विषयलाई थाती राखेर सङ्घीय आयोग बनाउने र बाँकी विषयलाई टुङ्ग्याएर संविधान जारी गर्ने नेता विजयकुमार गच्छदारको प्रस्ताव सकारात्मक भएकाले त्यसलाई आधार बनाएर वार्ता गर्न सकिने उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...