नेभिगेशन
अन्य

नेपालमा जातीय प्रदेश असम्भव छ : थापा

बेनी । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा जातीय प्रदेश बन्नै नसक्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ म्याग्दीको १८औँ जिल्ला प्रतिनिधिसभाको उद्घाटन गर्दै सभासद् थापाले नेपाल बहुजातीय र बहुपहिचानसहितको मुलुक भएको हुनाले यहाँ कुनै जातिविशेषको अग्राधिकार रहने गरी प्रदेश बन्नै सक्दैन भने । ‘सबै जात र जातिको समान बाहुल्य, पहिचान र अधिकारसहितको थोरै प्रदेश नै नेपालका लागि उपयुक्त हुन्छ’ थापाले भने । नेता थापाले अब बन्ने संविधानले नागरिकलाई अधिकारको प्रत्याभूति गराउने र शिक्षकले विद्यार्थीलाई कर्तव्य पालनाको शिक्षा दिई सबल र योग्य नागरिक बनाउनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...