नेभिगेशन
अन्य

अन्तर्राष्ट्रिय उडान आजबाट हुने सम्भावना, धसिएको स्थानबाट विमान निकालियो

काठमाडौ । बुधबारदेखि अवरुद्ध रहेको अन्तर्राष्ट्रिय उडान आजबाट हुने सम्भावना बढेको छ । प्राविधिकहरुले धावनमार्ग नजिकै रहेको दुर्घट्नाग्रस्त टर्किस एयरको विमानलाई सार्नमा सफलता पाइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विरेन्द्रप्रसाद श्रेष्ठले दुईवटा डोजर सहित थप उपकरणको सहयोगमा दुर्घट्नाग्रस्त विमानलाई धसिएको स्थानबाट पछाडि तान्न सकिएको बताए । उनले भने–‘आजबाट अन्तर्राष्ट्रिय उडान हुनसक्ने सम्भावना हुनसक्छ ।’ स्रोतका अनुसार विमानलाई धसिएको स्थानबाट एयरक्राफ्ट रिमुभल किटको सहायताले स्वभाविक उचाईमा ल्याएर १० मिटर पछाडि सार्न सकिएको छ । विमानलाई धावनमार्ग नजिकबाट हटाउने प्रयास जारी छ । माटो चिसो रहेकाले प्राविधिकले थप कठिनाई भोग्नु परेको छ । जहाजलाई सामान्य उचाईमा ल्याएर पछाडिको दुई वटै पाङग्रा र लयान्डिङ गेयर फेरिएको छ । भारतीय वायु सेवाका २५ जना, टर्किस एयरका २, नागरिक उड्डयन प्राधिकरणका प्राविधिक सहित नेपाली सेना र प्रहरीले दुर्घट्नाग्रस्त विमानलाई निकाल्ने प्रयास गरिरहेका छन् । आगलागी हुनसक्ने सम्भावनालाई हेर्दै विमानको इन्जिन स्टार्ट नगरिकनै प्राविधिकहरुले काम गरिरहेका छन् । बुधबार बिहान पानै ८ बजे अवतरणको क्रममा २ सय २३ यात्रु बोकेको उक्त विमान धावनमार्गबाट चिप्लिएर दुर्घट्नाग्रस्त भएको हो । यात्रुहरु कसैलाई केही भएन । धावन मार्ग नजिकै भएको उक्त दुर्घट्नाका कारण अन्तर्राष्ट्रिय उडान रोकिएको छ । नेपाल आउने र जाने करिब ५० हजार यात्रु ४ दिन यता प्रभावित छन् । आज शनिबार १० बजेबाट अन्तर्राष्ट्रिय उडान हुने भनिएपनि त्यो समय फेरि सर्ने देखिन्छ । विमानस्थलले यसअघि ५ पटक विज्ञप्ती निकालेर अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको समय थपिसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै