नेभिगेशन
अन्य

फेरि अर्को वार्ता गर्ने सहमति गर्दै अढाई घण्टामा सकियो वालुवाटार बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ९ बजेदेखि सुरू भएको वार्ता अढाइ घण्टामा सकिएको छ । पुनः अर्को वार्ता गर्ने सहमतिका साथ नेताहरू छुट्टिएका छन् । दलहरूवीच अनौपचारिक छलफलपछि शनिबार साँझ पुनः वार्ता हुन सक्ने संघीय लिम्बुवान पार्टीका कुमार लिङदेनले बताए । अर्को वार्ताको तिथिमिति तोक्ने जिम्मा प्रचण्ड र सुशील कोइरालालार्इ दिइएको छ । शनिबार बिहान ९ बजेदेखि बस्ने भनिएको वार्तामा एमाले अध्यक्ष केपी ओली १० बजिसक्दा पनि उपस्थित भएनन् । एमाले उपाध्यक्ष वामदेव गौतमले ओली विरामी भएको जानकारी गराएपछि वार्ता सुरु भएको थियो । वार्ताको प्रारम्भमा प्रधानमन्त्री सुशील कोइरालाले बोलेका थिए । प्रधानमन्त्री कोइरालाले सहमतिमै संविधान बनाउने भन्दै सबैलाई मिल्न आह्वान गरेका थिए । प्रधानमन्त्रीले संक्षिप्तमा आफ्ना कुरा राखिसकेपछि विपक्षी मोर्चाका तर्फबाट एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना कुरा राखेका थिए । बैठकस्थलबाट अनलाइनखबरलाई प्राप्त सूचना अनुसार प्रचण्डले शासकीय स्वरुपमा लचिलो भएको जानकारी दिँदै संघीयतामा स्पष्ट सहमति गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । प्रचण्डपछि एमाले उपाध्यक्ष वामदेव गौतमले बोलेका छन् । उपप्रधानमन्त्री समेत रहेका गौतमले आफूहरु आन्दालनेदेखि डराएर वार्तामा आएको हैन भन्दै यो वार्तालाई जारी राख्नुपर्ने बताए । वामदेवपछि बोलेका गच्छदारले यो वार्ताबाट प्रधानमन्त्री भन्दा पनि आफू बढ्ता खुशी भएको बताए । उनले दुबै पक्षमा लडाइँ नहोस् भन्ने कामना गरे । वार्तामा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु थिए। कांग्रेसका तर्फबाट सुशील कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला छन् । शेरबहादुर देउवा भने सवा १० बजेमात्रै पुगेका थिए। वार्तामा एमालेका तर्फबाट वामदेव गौतम र ईश्वर पोखरेल थिए । केपी ओली र विद्या भण्डारी अनुपस्थित भए । माधव नेपाल पनि वार्तामा थिएनन् । एमाओवादीका तर्फबाट प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका छन् । डा। भट्टराई बुटवलबाट ढीलो गरी आइपुगेका छन् । उनी पौने ११ बजे बैठकस्थलमा प्रवेश गरे । वार्तामा ३० दलीय मोर्चाका तर्फबाट विजय गच्छदारका साथै तमलोपाका महन्थ ठाकुर, महेन्द्र यादव संघीय समाजवादीका अशोक राई, संघीय लिम्बुवान पार्टीका कुमार लिङदेन र थरुहट तराई पार्टीका भानुराम थारु लगायतको सहभागिता थियो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतो बालुवाटार गएनन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै