नेभिगेशन
अन्य

सत्ता पक्ष र विपक्षी मोर्चाका बीचमा केहिबेरपछि वालुवाटारमा औपचारिक वार्ता हुँदै

काठमाडौ । सत्ताधारी दल र विपक्षी ३० दलीय मोर्चाबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा औपचारीक वार्ता हुने भएको छ । आज विहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष एवम् मोर्चा संयोजक पुष्पकमल दाहालबीच भएको छलफलमा यस्तो निर्णय भएको हो । प्रधानमन्त्री कोइराला र दाहालबीचको छलफलमा अहिले औपचारीक वार्ता गर्ने सहमति भएको दाहालका स्वकीय सचिव चुडा खड्काले जानकारी दिए । माघ ११ गतेदेखि संबिधानसभा छाडेर सडक आन्दोलन गर्दै आएको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले हिजो सत्तापक्षसँग वार्ता गर्ने निर्णय गरेको थियो । माघ ११ गते संबिधानसभा बैठकमा सभामुख सुबासचन्द्र नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गर्ने प्रस्ताव पेश गरेपछि विपक्षी मोर्चा आन्दोलित भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै