नेभिगेशन
अन्य

राष्ट्रपति चैतको दोस्रो साता चीन भ्रमणमा जाने निश्चित

काठमाडौं । राष्ट्रपति रामवरण यादव चैतको दोस्रो साता चीन भ्रमणमा जाने निश्चित भएको छ । उनी दक्षिण चीनको उष्ण प्रदेशीय टापु हैनानस्थित बोआओ सहरमा चैतको १२ देखि १५ सम्म हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुँदैछन् । राष्ट्रपतिको यो दोस्रो चीन भ्रमण हुनेछ । तर यस पटक पनि उनको चीन भ्रमण राजकीय होइन । राष्ट्रपति भएयता उनले दक्षिण छिमेकी भारतको तीन पटक औपचारिक भ्रमण गरिसकेका छन् । बोआओमा उनले चिनियाँ समकक्षी सी जिनपिङसँग साइडलाइन वार्ता गर्ने भएका छन् । यसअघि अक्टोबर २०१० मा सांघाई वल्र्ड एक्स्पोमा सहभागी हुने क्रममा यादवले तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति अहिलेसम्म द्विपक्षीय भ्रमणका लागि भारतबाहेक कतार र कुवेतमात्र पुगेका छन् । उत्तर छिमेकबाट समकक्षीस्तरको निमन्त्रणा गराउन नसक्नुलाई सरकारको कूटनीतिक कमजोरी भनेरसमेत विज्ञहरूले विश्लेषण गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै