नेभिगेशन
अन्य

'पाँच जिल्लाको विवाद जनताको सुझाव लिएर टुङ्गयाउने'

काठमाडैं । एकीकृत नेकपा माओवादीका नेता अग्नीप्रसाद सापकोटाले सुनसरी, मोरङ्ग, झापा, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा देखिएको विवाद समाधान गर्न आफूहरु जनताको सुझाव लिने बताएका छन्। राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले सहमतिको लागि शासकीय स्वरुपमा रहेको विवादमा समेत नोट अफ डिसेन्ट लेखेर जान तयार रहेको बताए।उनले भने–‘निर्वाचन प्रणाली न्याय प्रणालीमा लगभग कुरा मिलेको छ। हामीले चाहेको निर्वाचन प्रणालीमा समानुपाति र प्रत्यक्षमा ५०–५० प्रतिशत प्रतिनिधित्व हो। बलियो खाले न्यायप्रणाली बनाउने कुरा हो। संघीयताको सवालमा हामी ६ प्रदेशमा आउन तयार छौ।’ शुक्रवार भएको भेटवार्तामा प्रधानमन्त्रीले आफू स्वर्गिय गिरिजाप्रसाद कोइरालाको लिगेसीमै अघि बढ्न तयार रहेको स्पष्ट पारेपछि यसले दलहरुवीच औपचारिक बार्ताको सुनिश्चितता गरेको बताउँदै आफू निसर्त बार्तामा बस्न तयार रहेको स्पष्ट पारे। उनले भने–यो विचमा प्रधानमन्त्रीले बार्ताको लागि सकारात्मक पहल कदमी लिनु भएको छ। यो अत्यन्तै स्वागत योग्य छ। शनिवारबाट सुरु हुने निर्णायक बार्ताको एजेण्डा भनेकै परिवर्तनका शक्तिहरुवीचको एकता र विषयबस्तु केन्द्रीत छलफल भएको भन्दै सापकोटाले जनता नै निर्णायक हुन भन्ने भावना लिएर बार्ता बसे सहमतिमा पुग्न सकिने विश्वास ब्यक्त गरे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्