नेभिगेशन
अन्य

सरकार र ३० दलवीच शनिबार बालुवाटारमा वार्ता हुने,प्रधानमन्त्री र प्रचण्डवीच भेटघाट

काठमाडौं । लामो समयको सम्वादहीनतालाई चिर्दै सत्तापक्ष र प्रतिपक्षी दलहरु औपचारिक वार्तामा बस्न सहमत भएका छन् । शनिबार बिहान ९ बजे बालुवाटारमा सरकार र ३० दलीय मोर्चावीच औपचारिक वार्ता हुने भएको छ । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डवीच शुक्रबार भएको छलफलपछि औपचारिक वार्ताको तिथि तय भएको हो । ‘शनिबार बिहान बालुवाटारमा ३० दल र सत्तापक्षका दलहरुवीच वार्ताको मिति तय भएको छ,’ एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले भने, सकारारत्मक वातावरण बनेकाले भोलि औपचारिक वार्तामा बस्ने सहमति भएको हो । यसैवीच एमाओवादी अध्यक्ष दाहालले औपचारिक वार्तामा बस्ने निर्णय भएपछि वार्ताको एजेन्डाका विषयमा मोर्चाभित्र अनौपचारिक छलफल गर्ने गृहकार्य सुरु गरेका छन् । औपचारिक वार्ताका लागि ३० दलीय मोर्चाको विहीबारको बैठकले दाहाललाई म्यान्डेट दिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै