नेभिगेशन
अन्य

मृत्युदण्ड पाएका दुई नेपालीलाई जोगाउने प्रयास

काठमाडौं । मलेसियामा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपालीलाई जोगाउने प्रयास सफल हुन सकेको छैन। बासुन्चेत–१ नुवाकोटका हरिबहादुर घले र पाल्पाका सुरजबहादुर सुनारलाई यहाँका छुट्टाछुट्टै अदालतले मृत्युदण्डको फैसला सुनाएपछि स्थानीय नेपाली दूतावासले उनीहरूलाई मृत्युदण्डबाट बचाउन पहल गरेको थियो। घलेलाई सन् २००९ को नोभेम्बर २६ मा यहाँको एक अदालतले लागूपदार्थ हेरोइन ओसारपसार गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध यहाँको नेपाली दूतावास पुनरावेदन लिएर सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्च अदालतले २०१२ को २५ सेप्टेम्बरमा अन्तिम फैसला गर्दै घलेलाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो। घलेलाई बचाउने सबै कानुनी बाटो बन्द भएपछि नेपालका राष्ट्रपति डा। रामवरण यादवले उनलाई मृत्युदण्ड नदिन मलेसियाका राजालाई पत्राचार गरेका थिए। तर यहाँका राजाले यसबारे हालसम्म अन्तिम निर्णय नलिएको जानकारी नेपाली दूतावासकी प्रथम सचिव दु्रपता सापकोटाले दिइन्। पाल्पाका सुनारलाई एक विदेशी महिलाको हत्या अभियोगमा यहाँको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको हो। सुनारका विषयमा यकिन विवरण आइनसकेकाले थप विवरण आएपछि पुनरावेदनका लागि प्रक्रिया अघि बढाइने जानकारी सापकोटाले दिइन्। मृत्युदण्डको फैसला सुनाइएका दुवैजना मलेसियाको काजाङ जेलमा छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...