नेभिगेशन
अन्य

दुर्घटनाग्रस्त टर्किस एयरको विमान धावनमार्गबाट हटाइदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटनाग्रस्त भएको टर्किस एयरको विमान विशेष बेलुनको प्रयोग गरी शुक्रबार बिहान धावनमार्गबाट हटाइदै छ । बेलुनेको प्रयोग गरी विमानलाई सन्तुलनमा ल्याएर धावनमार्गबाट हटाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बुधबार विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धस्सिन पुगेको टकिर्स एयरको विमान निकाल्न नसक्दा अन्तर्राष्ट्रिय उडानहरु ठप्प हुँदा हजारौं यात्रुहरु अलपत्र परेका थिए । सो जहाज हटाउन भारतबाट आएको २५ जनाको विशेषज्ञ टोलीले बिहीबार साँझदेखि अनवरत रुपमा काम जारी राखेका थिए ।जहाज रिकभर गर्न आवश्यक प्रविधि र जनशक्ति नभएकाले सरकारको विशेष अनुरोधमा भारतीय वायुसेवाको जहाजमार्फत बिहीबार विशेषज्ञ तथा ‘एयरक्राफ्ट मुभिङ किट झिकाइएको थियो । बिहीबार शुक्रबार बिहान १० बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गरिएको थियो । सो विमानलाई धावनमार्गबाट हटाइएकाले चाँडै नै उडान सुचारु गर्ने सम्भावना रहेको बताइएको छ । बुधबार र बिहीबार दुई दिनमा करिव १ सय ६० अन्तर्राष्ट्रिय उडान हुन सकेनन् भने ३० हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । टर्कीको राजधानी इस्तानबुलबाट २ सय २४ जना यात्रु लिएर ७ घन्टा लामो उडान भरेर बुधबार बिहान काठमाडौं आइपुगेको १ सय २६ टन तौल भएको विमान दुर्घटना परे लगत्तै अन्तर्राष्ट्रिय उडान रोकिएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै