नेभिगेशन
अन्य

वैशाखभित्र बजेट ल्याउने तयारी, मन्त्रीले दिए काम थाल्न निर्देशन

काठमाडौ । अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०७२र७३ को बजेट आउदो वैशाख भित्रै पेश गर्नेगरी काम अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सार्वजनिक बिदा परेको दिन विहीवार अर्थ मन्त्रालयका कर्मचारीलाई बोलाएर तयारीका काममा तिव्रता दिन उनले निर्देशन दिएका हुन् । उनले हाल सुरु भएका विकास निर्माण र पूर्वाधारका कामलाई पुरा गर्दै जाने सोचका साथ आगामी बजेट बनाउन भनेका छन् । ‘शीघ्र बजेट भनेर जहिले पनि भन्ने तर प्रस्तुत गर्ने समय असारमा नै पुग्ने गरेको र विकास निर्माणका कामको खर्च हुन नसकिरहेको अवस्था छ’ उनले भने ‘अहिले फेरि मन्त्रालयको तर्फबाट हामीले वैशाखभित्रै बजेट प्रस्तुत गर्ने तयारी अवस्थामा रहनुपर्छ । हाम्रो प्रयास शीघ्र बजेट प्रस्तुत गर्नेमा हुनुपर्छ ।’ उनले बजेट निर्माणमा कार्यसूची बनाएर तयारीका काम अघि बढाउन भनेका छन् । अन्य मन्त्रालयसँग कार्यक्रम र बजेटको प्रस्ताव माग्न पनि भनिएको छ । जथाभावी कार्यक्रम समावेश नगर्न र संभाब्यता अध्ययन भैसकेका साथै कार्यान्वयनमा आउन योग्य कार्यक्रम अगाडि बढाउनुपर्ने उनले बताए । ‘टुक्रे कार्यक्रमलाई बजेटमा धेरै ठाउ नदिनुहो’ उनले भने । काठमाडौ र तराई जोड्ने द्रुतमार्गको सम्झौता अगाडि बढाउनुपर्ने र सफलता नमिले सरकार आफैले काम गर्नुपर्ने उनले बताएको विज्ञप्तीमा भनिएको छ । छलफलका क्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, मन्त्रालय अन्तर्गतका सबै महाशाखाका प्रमुखहरुको सहभागिता रहेको जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै