नेभिगेशन
अन्य

वार्तामा बस्न विपक्षी मोर्चा तयार

काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी मोर्चा संविधान लेखनबारे सत्तारूढ राजनीतिक दलसँग औपचारिक वार्तामा बस्न तयार भएको छ। एमाओवादी संसदीय दल कार्यालयमा बिहीबार बिहान बसेको विपक्षी मोर्चाको बैठकले वार्ता र संवादमार्फत संविधान निर्माणमा सहमति खोज्ने निर्णय लिएको हो। यसअघि मोर्चा संयोजक दाहालले बुधबार प्रधानमन्त्री सुशील कोइराला र एमाले नेता माधवकुमार नेपाललाई भेटेर औपचारिक वार्ता थाल्ने विषयमा छलफल गरेका थिए। ‘‘पूर्ण सहमतिको वातावरण तत्काल नबने पनि सहमतीय संविधान निर्माणका लागि दृढ हुँदै मुलुकलाई मुठभेड र द्वन्द्वबाट जोगाउन वार्तामा बस्ने निर्णय गरेका हौं,’ मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बिहीबार संचारकर्मीसंग भने, ‘औपचारिक निर्णय नै भइसकेकाले संविधान निर्माणका विषयमा चाँडै वार्ता र संवादको प्रक्रिया सुरु हुनेछ।’ अवरोध र विरोधका बाबजुद सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले माघ ११ गते प्रस्ताव निर्माण समिति गठन गरेपछि असन्तुष्ट विपक्षी मोर्चाले संविधानसभाका सम्पूर्ण प्रक्रिया बहिष्कार गर्दै आएको छ। मोर्चामा आबद्ध एमाओवादी र मधेसीसहित दलहरूले सहमतिमै संविधान बन्नुपर्नेमा जोड दिँदै आन्दोलन गरिरहेका छन्। फागुन १६ गते राजधानीमा शक्ति प्रदर्शन गरेको मोर्चाले दोस्रो चरणको कार्यक्रम भने निर्धारण गरेको छैन।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै