नेभिगेशन
अन्य

यी हुन बिदेशी लगानी पूण निषेध गरिएका नौ वटा क्षेत्र

काठमाडौ । सरकारले नौ क्षेत्रमा विदेशी लगानी पूर्ण निषेध गरेको छ । विदेशी लगानी नीति २०४९ परिवर्तन गरी ल्याइएको लगानी नीति २०७१ मा यो ब्यवस्था गरिएको छ । यसरी निषेध गरिएका क्षेत्रमा लघु उद्यम, परम्परागत घरेलु उद्योग (प्रविधि हस्तान्तरणबाहेक), हातहतियार, खरखजाना , गोलीगठ्ठा, बारुद तथा विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग, मुद्रा तथा सिक्का ब्यवसाय, सुरक्षण मुद्रण र घर जग्गा खरिद बिक्री ब्यवसाय छन् । नेपालमा स्थिर पूँजी ५० करोड भन्दा कम लागनीको बहुब्राण्ड खुद्रा ब्यापार र पर्यटन संलग्न पर्यटक गाइड, ट्रेकिङ तथा माउन्टेनियरिङ गाइड, भरिया (घोडा, खच्चर, याकसहित), भान्से उपलब्ध गराउने पर्यटन उद्योग र कुखुरा पालन, माछा पालन, मौरी पालन र कृषिका उत्पादन क्षेत्रमा पनि विदेशी लगानी निषेध गरिएको छ । यस्तै, विकिरणजन्य पदार्थसम्बन्धी उद्योग र आमसञ्चारको प्रशारण माध्याममा पनि नीतिले विदेशी लगानीलाई निषेध गरेको छ । विदेशी लगानी नीतिले तीन तहमा लगानीकर्तालाई बर्गिकरण गरेको छ । पहिलो तहमा संस्थागत विदेशी लगानीकर्ता, दोस्रोमा ब्यक्तिगत विदेशी लगानीकर्ता र तेस्रोमा गैरआवासीय नेपाली लगानीकर्ता छन् । संस्थागत विदेशी लगानीकर्ताले प्रत्यक्ष विदेशी लगानी र दोस्रो बजारको माध्यामबाट गरिने पोर्टफोलियो लगानीसमेत गर्न पाउनेछन् । नेपाल धितोपत्र बोर्डमा सूचिकृत भई नेपाल भित्रका धितोपत्र बजारमा कारोबार भएका धितोपत्रमा विदेशी संस्थागत लगानीकर्ताले गर्न पाउने छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्