नेभिगेशन
अन्य

प्रधानमन्त्रीले होलीको शुभकामना दिदै भने– ‘असलको जित होस’

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले फागु पूर्णिमा अर्थात होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । हाम्रा चाडपर्वहरुले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा नेपाली समाजलार्ई एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्न पनि अभिप्रेरित गरिरहेको छ भनेका छन् । असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयको रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो भन्दै उनले रङ्गको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन पनि प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्