नेभिगेशन
अन्य

दुर्घटनाग्रस्त विमान निकाल्न नसक्दा त्रिभुवान बिमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं (जस)– टर्कीको इस्तानबुलबाट काठमाडौं आएका टर्किस एयरलाइन्सको जहाज त्रिभुुवन बिमानस्थलमा ठुलो दुर्घटनाबाट बचेको छ । बुधबार बिहान पौने ८ बजे विमानस्थलमा अवतरण गर्दै गर्दा टीके ७२६ फ्लाइटको विमान रन वेबाट चिप्लिएको हो । टर्किस एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना भएको पहिलो पटक हो । काठमाडौंको मौसम बुधबार पनि खुलेको छैन । सेतो कुहिरोले भिजिबिलिटी कम भएको विमानस्थल स्रोतले जनाएको छ । मौसममा खरावी हुँदा काठमाडौंबाट हुने उडान केही दिनयता प्रभावित हुँदै आएका छन् । जहाजमा २ सय ४८ जना यात्रु थिए । उनीहरुलाई आपतकालीन ढोकाबाट निकालिएको थियो । जहाजमा सामान्य क्षति भएको छ । टर्किस एयर काठमाडौं आउने सबैभन्दा लामो दूरीको जहाज हो । जसको उडान अवधि ७ घण्टाको रहेको छ । सेप्टेम्बर १ देखि नेपालमा उडान अनुमति भएको थियो । टर्किस एयर गन्तव्यका हिसावले विश्वको चौथो ठूलो विमान कम्पनी हो । नेपाल–टर्कीबीच सन् २०१० मा हवाई सम्झौता भएको थियो । दुर्घट्नाग्रस्त विमान दुर्घट्नास्थलबाट बुधबार साँझसम्म हटाउन सकिएको छैन । उक्त विमान हटाउन नसक्दा अन्तराष्ट्रिय उडानहरु रद्द भएका छन् । उडान रद्द हुँदा ठूलो संख्यामा यात्रुहरु विचल्लीमा परेका छन् । भारतबाट क्रेन ल्याएर विहिवार मात्र दुर्घट्नाग्रस्त विमान हटाइने विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार अपरान्ह ४ बजेसम्मका लागि सबै अन्तराष्ट्रिय उडानमा रोक लगाएको छ । टर्किस एयरलाईन्सको विमान अवतरणको क्रममा बुधबार बिहान विमानस्थलमा रन वे नजिकै दुर्घट्ना भएपछि अन्तराष्ट्रिय विमानको उडान र अवतरणमा रोक लगाइएको छ । यसअघि बुधवार ५ बजेसम्मका लागि उडान रोकिएपनि त्यसको समय अवधि बढाईएको छ । दुर्घट्ना र त्यसले पारेको प्रभावबारे जानकारी दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अहिले साँझ ७ बजे पत्रकार सम्मेलन गर्दैछ । विमानस्थलका प्रबन्धक पूर्ण चुँडालले भने–‘भोलि अपरान्ह ४ बजेसम्मका लागि अन्तराष्ट्रिय उडान रोकिएको छ । सबै कुरा पत्रकार सम्मेलनमा जानकारी गराउँनेछौं ।’ उनका अनुसार विमानस्थलको धावन मार्गको क्षेत्रमा अवरोध आएकाले सुरक्षा दृष्टिकोणले अन्तराष्ट्रिय उडान रद्द गर्नु परेको हो । यसैबीच सरकारले विमान दुर्घटनाबारे छानविन गर्न सरकारले पूर्व सचिव नरेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा चार सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा वरिष्ठ पाइलट विएम अमात्य, नेपाल वायुसेवा निगमका इन्जिनियर चुणामणी वस्याल र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव वुद्दिसागर लामिछाने रहेका छन् । दुर्घटनामा परेको टर्किस एयरलाइन्सको जहाजलाई दुर्घट्नास्थलबाट निकाल्न टर्कीबाटै प्राविधिक टोली आइपुग्दैछ । टोली बुधबार बेलुकीसम्म नेपाल आइपुग्ने जनाइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ठूलो जहाज निकाल्ने प्रविधि र प्राविधिक छैनन् । दुर्घट्नाग्रस्त जहाजलाई रातो झन्डाले घेरा हालेर सेना र प्रहरीले सुरक्षा दिइरहेको छ । उक्त दुर्घट्नापछि कुनै पनि अन्तराष्ट्रिय उडान हुन सकेनन । यात्रुहरु सबै सकुशल रहेको र एकजना यात्रु सामान्य घाइते भएको टर्किस एयरलाइन्सद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यात्रुहरुलाई उद्धार गरिएपनि विमानबाट लगेज निकाल्न सकिएको छैन । बिमानका यात्रु व्यावसायी दिपक मलहोत्राले आफु मृत्युको मुखबाट बचेको बताए । उनले जहाजको अवतरण स्वाभाविक नभएको बताए । उनले आफु जहाजको बिजनेस क्लासमा भएकाले सबैभन्दा पहिले बाहिर आउने अवसर पाएको बताए । उनले बाहिर निस्किएपछि मात्र जबर्जस्ती अवतरण गराउँदा जहाज विमानस्थलको रन वेभन्दा बाहिर गएको जानकारी पाएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै