नेभिगेशन
अन्य

टर्किस एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

काठमाडौं । टर्किस एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ । विमान टर्कीको इस्तानबुलबाट काठमाडौं आएको थियो । बुधबार बिहान पौने ८ बजे काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएको हो । टर्किस एयरलाइन्सको टीके ७२६ फ्लाइटको विमान काठमाडौंमा दुर्घटना भएको पहिलो पटक हो । काठमाडौंको मौसम बुधबार पनि खुलेको छैन । सेतो कुहिरोले भिजिबिलिटी कम भएकाले विमान दुर्घटना भएको हुन सक्ने विमानस्थल स्रोतले जनाएको छ । मौसममा खरावी हुँदा काठमाडौंबाट हुने उडान केही दिनयता प्रभावित हुँदै आएका छन् । जहाजमा २ सय ४८ जना यात्रु थिए । उनीहरुलाई आपतकालीन ढोकाबाट निकालिएको थियो । जहाज अहिले पनि चौरमा छ । जहाजमा सामान्य क्षति भएको छ । टर्किस एयर काठमाडौं आउने सबैभन्दा लामो दूरीको जहाज हो । जसको उडान अवधि ७ घण्टाको रहेको छ । सेप्टेम्बर १ देखि नेपालमा उडान अनुमति भएको थियो । टर्किस एयर गन्तव्यका हिसावले विश्वको चौथो ठूलो विमान कम्पनी हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै