नेभिगेशन
अन्य

सन्त नेता भट्टराईको स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौ । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदैछ । सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो । उनको सम्झना र सम्मानमा नेपाली कांग्रेस, कांग्रेसका भातृ संगठनहरु तथा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज कार्यक्रम गरि बनाउदैछन् । नेपाली राजनीतिमा निष्ठा, निस्वार्थ र इमान्दारीताको पहिचान छाडन सफल नेता भट्टराइलाई प्रतिकको रुपमा लिने गरिन्छ । भट्टराई २०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधिसभाको सभामुखका साथै पत्रकार संघका संस्थापक सभापतिसमेत थिए । भट्टराईको जन्म स्व पिता संकटाप्रसाद र स्व माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो । भट्टराई वि. सं. २०४६को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण योगदान भट्टराईको रहेका थियो । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८को आम निर्वाचनमा उनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए । पछि २०५६को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए । गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै