नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालले एउटै मञ्चबाट जनाए सहमतिको संविधान दिने प्रतिबद्धता

चितवन । प्रधानमन्त्री सुशील कोइराला र विपक्षी गठबन्धन ३० दलीय मोर्चाको नेतृत्व गरिरहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंगलवार एउटै सभामा उभिएर छिट्टै सहमतिबाट संविधान जारी हुने प्रतिवद्धता जनाएका छन् । मञ्चमा नै वार्ता गरि सहमतिको सन्देश दिन सहमतिका साथ कोइराला र दाहालले संविधान जारी गर्ने प्रतिवद्धता जनाएका हुन् मञ्चमा नै कोइराला र दाहालले आधा घण्टा छलफल गरेका थिए । पश्चिम चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर उच्च माविको स्वर्ण महोत्सवको संयुक्त रुपमा उदघाटन गरेपछि कोइराला र दाहालले सहमतिको सन्देश दिएका हुन् । संविधानसभामा प्रक्रिया अगाडि बढाएपछि एउटै नदेखिएका कोइराला र दाहाल संविधानसभामा आफ्नो निर्वाचन क्षेत्रमा रहेको बिद्यालय र दाहाल अध्ययन गरेको बिद्यालयको स्वर्ण महोत्सवको उदघाटन गर्न पुगेको थिए । उनीहरुले आफ्नो सम्बोधनका क्रममा काठमाडाँै फर्किएपछि वार्ता र संवादबाटै सहमति खोजेर संविधान बनाउने विश्वास पनि दिलाए । प्रधानमन्त्री कोइरालाले अध्यक्ष दाहाल र अध्यक्ष दाहालले कोइरालालाई सहमतिको वातावरण निर्माण गर्न एकअर्कासँग आग्रह गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जनताको चाहनाअनुरुपको संविधान जारी गर्न आन्दोलनरत दलहरुसँग छिट्टै सहमति हुने बताए । प्रधानमन्त्री कोइरालाले अध्यक्ष दाहालप्रति संकेत गर्दै उहाँले सहमतिका लागि धेरै दिन नलाग्ने पनि बताएको सम्बोधनमा बताए । प्रधानमन्त्री कोइरालाले भने, ‘अब मुलुकलाई विकास चाहिएको छ, त्यसका लागि शान्ति र संविधान जरुरी छ ।’ पैतीस लाखभन्दा बढी युवा विदेशमा रहेको भन्दै उनले देशमा संविधान बनेसँगै शान्ति र विदेशी लगानी भित्रिने वातावरण बन्ने आशा व्यक्त गरे । कृषि, पर्यटन, सडकलगायतमा विदेशी लगानी बढे स्वदेशमै युवाले रोजगारी पाउने र देशको विकास हुने उनको भनाइ थियो । सबै जाति, धर्म, समुदाय र भाषा समेटिने गरी संविधान बन्ने आश्वासन दिँदै उप्रधानमन्त्रीले भने, ‘तपाईंहरु सबै ढुक्क हुनुहोस् । संविधान बनेसँगै सबैको माग पूरा हुन्छ ।’ प्रधानमन्त्री कोइरालाले मञ्चमै रहनुभएका अध्यक्ष दाहालसँग अनुमति मागेर आफूसँगै तीनपटक जय नेपाल भन्न अनुरोध गरे । कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले केही दिनभित्रै दलहरुबीच संविधान निर्माणको विषयमा सहमति हुने कुरामा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री कोइरालासँग मञ्चमा अनौपचारिक छलफल भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री पनि सकारात्मक देखिएकाले छिट्टै सहमति हुनेमा विश्वस्त रहेको बताए । राजनीतिक परिस्थिति जटिल रहेको भन्दै अध्यक्ष दाहालले गाँठो फुकाउन सहमतिबाट संविधान निर्माण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले काठमाडाँै फर्किएलगत्तै सत्ता पक्ष र विपक्षीहरुको बीचमा वार्ताको वातावरण बनाउन यस कार्यक्रमको महत्वपूर्ण भूमिका हुने बताए । गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री आफूलाई बनाउन यस विद्यालयको भूमिका रहेको भन्दै अध्यक्ष दाहालले विद्यालयको विकासका लागि आफ्नोतर्फबाट सहयोग पुर्याउने वचन दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै