नेभिगेशन
अन्य

तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको सरकार गिराउने र बनाउने खेलमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सरकार परिवर्तनको एजेण्डा आफ्नो पार्टीको नभएको भन्दै अहिलेसम्म आफूहरुलाई कसैले सरकार ढाल्न र बनाउने विषयमा प्रस्ताव समेत गरेको बताए । थापाले पुसभित्रै आब्हान हुनु पर्ने ब्यवस्थापिका संसदको हिउँदे अधिवेशन अहिलेसम्म बोलाउन सुरसार नदेखाएको भन्दै तत्काल अधिवेशन बोलाउन माग गरे । उनले भने–‘देशमा राष्ट्रियता, प्रजातन्त्र, जनजिविकाको सवाल र शान्ति सुरक्षाको मुद्दा प्रमुख बनेका छन। यस विषयमा संसदमा छलफल गर्न आवश्यक छ । कैयौ विधेयकहरु अलपत्र भएर बसेका छन । त्यसैले सरकारले तुरुन्तै अधिवेशन आब्हान गर्नु पर्छ ।’ उनले तीन दलको गलत नीति, सत्तालिप्सा र अकर्मण्यताका कारण देश संकटको चक्रब्यूहमा फसेको दावी गर्दै अहिलेको विवाद सैद्धान्तिक र बैचारिक नभई कृतिम धु्रबिकरण भएको दावी गरे । थापाले संविधान निर्माणमा गतिरोध आपत्तिजनक भएको भन्दै पाँच जिल्लाको सिद्धान्त विहीन मुद्दालाई देखाएर संविधानसभाप्रति नै वितृष्ण फैलाउने काम भएकोले यो तत्काल रोकिनु पर्नेमा जोड दिए । उनले दावीगर्दै भने–‘विदेशी शक्तिको रिमोट कन्ट्रोलले उचालिएर केही दलको सत्ता स्वार्थले अहिलेको अवस्था हो। यसले संविधानसभाको बैठक रोक्नु हुँदैन ।’ थापाले अहिलेको गतिरोध अन्त्यको लागि पुनः वार्ताको आवश्यक नरहेको दावी गर्दै संविधानसभालाई अहिलेकै अवस्थामा स्थागित गरेर सर्वदलीय बैठकबाट नियमावली निर्माण गरी विवादीत विषय समाधान गरेर संविधान निर्माणको प्रक्रिया अघि बढाउनु पर्ने बताए । उनले अहिले संविधान बने पनि नबने पनि प्रजातन्त्र र राष्ट्रियतामाथि संकट रहेको भन्दै आफ्नो पार्टीको एजेण्डा स्थापित नभए पनि संविधान बनेपछि न्यूनतम शान्ति र प्रजातन्त्र हुने भएकोले आफूहरुको असहमति हुँदा हुँदै पनि संविधान निर्माण गर्नु पर्छ भन्ने पक्षमा उभिएको स्पष्ट पारे । थापाले प्रजातन्त्रलाई सस्थागत गर्न प्रजातन्त्र र राष्ट्रबादी शक्तिहरु एक ठाँउमा आउनु पर्ने आवश्यकता औल्याउँदै पशुपति शमसेर राणासहितका प्रजातन्त्र र राष्ट्रबादी दलहरुलाई एक ठाँउमा आउन आब्हान गरे। बाबुराम भट्टराईले नयाँ दिल्लीमा गएर भारतको सकारात्मक हस्तक्षेपको अपेक्षासहित दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै थापाले नेपाली नेताहरु दिल्लीमा गएपछि सिल्ली कुरा गर्ने गरेको टिप्पणी गरे । उनले भने–‘नेपालको मामिलामा निर्णय गर्ने नेपाली जनताले हुन । सत्तामा पुग्न बह्य शक्तिको समर्थन खोज्ने कामले मुलुकको हित गर्दैनन । पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते निकालेको विज्ञप्ति स्वभाविक भएको भन्दै उनले त्यो बेला दरवार र दलहरुवीच भएको सहमति ईमान्दारितापूर्वक पालना गरिए मुलुकले निकास पाउने दावी गरे । उनले दरवार र दलहरुवीच छलफल भएर आन्दोलन बैशाख ११ गते सम्झौतामा टुङगिएको दावी गर्दै राजाले त्यसबेला गरेको शाही घोषणा नै गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा मस्यौदा भएको बताए । थापाले त्यसपछि दलहरुले राजासमक्ष लिखित प्रतिबद्धता ब्यक्त गरेको दावी गर्दै दल र दरवार वीच संबैधानिक राजतन्त्र र बहुदलीय प्रतिष्पर्घालाई राखेर संविधानसभाको निर्वाचन गर्ने सहमति भएको बताए । थापाले भने–‘आन्दोलन सम्झौतामा टुङगिएको हो । राजाको शाही घोषणाले पुनस्थापना भएको प्रतिनिधि सभा स्विकार्ने माओवादीले पनि परोक्ष रुपमा त्यो सम्झौतालाई स्विकारेको हो । त्यो बेलामा राजाले अडान राखेको भए मुलुक द्धन्दमा जान्थ्यो तर उनले मुलुकको निकासको लागि केही भनेन् । नेपालको भुराजनीति, सस्कृति र धर्मका कारण राजसस्था आवश्यक रहेको भन्दै बेवी वा कुनै प्रकारको राजा भन्नु भन्दा पनि पहिला राजसंस्थाको विषयमा निर्णय हुनुपर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्