नेभिगेशन
अन्य

फागुनभर पर्खने रणनीतिमा कांग्रेस एमाले

काठमाडौं । सत्तारुढ कांग्रेस र एमालेले विपक्षी एमाओवादी मोर्चालाई वार्ताका लागि फागुन महिनाभर पर्खने रणनीति अगाडि सारेका छन् कांग्रेस एमालेको मंगलवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले मोर्चालाई वार्ता आउन पुनः आहृवान गरेको छ । बैठकले विपक्षी मोर्चासंगको वार्तालाई तिब्रता दिने निर्णय समेत गरेको छ । ‘छिटोभन्दा छिटो वार्ता प्रक्रियामा आउन र संविधान निर्माण अघि बढाउन विपक्षी दलहरुलाई आहृवान गरेका छौं’ एमाले उपाध्यक्ष रावलले भने । बैठकले संविधानसभाको बैठक चाँडै बोलाउन संविधानसभा अध्यक्षलाई आग्रह समेत गरेको छ । सत्तारुढ दलहरुले बढीमा चैत १ गतेसम्म मात्र विपक्षी मोर्चासंग सहमतिको प्रयास गर्ने रणनीति बनाएको छ । माघ ११ गते प्रश्नावली समिति बनेपछि सत्तारुढ र प्रतिपक्षी दलहरुबीच औपचारिक रुपमा सम्वाद भएको छैन । सहमतिको प्रयासमा संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थागित भएपनि प्रमुख दलहरुबीच औपचारिक सम्वाद सुरु हुन सकेको छैन । यसैबीच सत्तारुढ नेपाली कांग्रेसले सरकारबाट हट्ने धम्कीबारे एमाले शीर्ष नेतृत्वसँग प्रश्न गरेको थियो । तर, एमालेले भने सरकारबाट हट्ने कुनै निर्णय नभएको स्पष्टिकरण दिएको छ । मंगलबार साँझ सत्तारुढ कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले सरकारबाट हट्ने चेतावनीबारे जिज्ञासा राखेका थिए । जवाफमा एमाले नेताहरुले सरकारबाट हटिहाल्ने कुनै निर्णय नगरेको बताएका छन् । ‘हामी सरकारमा आएको संविधान बनाउने हो । संविधान निर्माणको काम अघि बढ्दैन भने सरकारमा बसिरहनु के औचित्य भन्ने दृष्टिकोण मात्र बनाएका हौ’ एमाले उपाध्यक्ष भीम रावलले भने–‘सरकारबाट हट्ने निर्णय नै गरेको होइनौं भनेका छौं ।’ एमाले स्थायी कमिटीको सोमबारको बैठकमा कांग्रेससँगको सहकार्यबारे प्रश्न उठेको थियो । बैठकले संविधान निर्माण प्रक्रिया अघि अघि नबढाए सरकारबाट हट्नेसम्मको चेतावनी दिएको थियो । लगतै मंगलबार विहान बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले भने सरकारबाट हट्ने धम्कीबारे एमाले नेतृत्वसँग सोध्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्