नेभिगेशन
अन्य

एक करोडको हिरा सहित ३ जना पक्राउ

चितवन । चितवन प्रहरीले अवैध रुपमा लुकाएर ल्याउदैं गरेको १ करोड मुल्य बराबरको ६ थान हिरा सहित ३ जनालाई पक्राउ गरेको छ । भरतपुरस्थित गोन्द्राङमा सोमबार बिहान चेकजाँच गर्ने क्रममा उक्त हिरा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा लमजुङ टक्सार ९ का मुक्तराज मल्ल, नवलपरासी दाउन्नेदेवी ३ का जिवित गुरुङ र भारत हैदराबादका राजकुमार थापा छन् । तिनै जना पोखरा, काठमाडौं हुदैं हिरा बेच्न बजारको खोजीमा पुर्वी चितवनको टाँडी बजार गएर फर्कने क्रममा पक्राउ परेका हुन् । उनीहरु ग १ य ३३० नम्बरको टुरिष्ट कारमा सवार थिए । प्रहरी निरिक्षक रुगम कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिरा पक्राउ पश्चात् जिल्ला सुनचाँदी व्यवसायी संघमार्फत जांच गराएको थियो । सुनचांदी व्यवसायीका अनुसार विभिन्न साईजका उक्त हिरा ११ दशमलव ५ क्यारेट तौलको र यसको स्थानिय बजार मुल्य १ करोड १० लाख पर्छ । प्रहरीले हिरा र पक्राउ परेकालाई भन्सार ऐन २०१९ अन्र्तगत थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व विभाग केन्द्रिय कार्यालय पठाउने जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै