नेभिगेशन
अन्य

तिनकुने दुर्घट्नामा महिलाको निधन

काठमाडौं । एकै दिशाबाट आएको मोटरसाइकललाई नेपाल आयल निगमको ट्याङकरले ठक्कर दिदाँ मोटरसाईकलको पछाडि सिटमा बसेकी महिलाको ज्यान गएको छ । काभ्रे घर भएका गणेश लामाकी श्रीमती हिराको ज्यान गएको हो । दुर्घटना पश्चात भागेका ट्याङकरका चालक मकवानपुर घर भएका ५२ वर्षीय वीरबहादुर घलान लाई ट्राफिक प्रहरी र स्थानीयले लखेटेर पक्राउ गरेका छन् । घलानलाई महानगरीय प्रहरी बृत नयाँ बानेश्वरमा राखिएको छ । नयाँ बानेश्वर तीनकुने सडक सण्डमा मङगलबार साँझ नेपाल आयल निगमको ना २ ख २७५ नम्बरको ट्याङकरले बा ५२ प ५८२४ नम्बरको साईन मोटरसाईकललाई ठक्कर दिएको थियो । मोटरसाईकललाई ओभरट्याक गरेर जान लाग्दा ट्याङकरको अगाडि र पछाडिको चक्का बिचमा झुण्ड्याइएको बाल्टीले मोटरसाईकललाई हानेको थियो । मोटरसाईलको पछाडि बसेकी महिला सडकमा लडेकी थिईन् । उनलाई ट्याङकरको पछाडीको पांग्राले किच्नुका साथै केही अगाडिसम्म लघारेको थियो । हातमा चोट लागेका पति लामाको सिभिल अस्पतालमा उपचार भईरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...