नेभिगेशन
अन्य

प्रधानमन्त्री र एमाओवादी अध्यक्षले एउटै मञ्चबाट भने–‘ सहमतिमा नै संविधान बन्छ’

चितवन । नेपालको राजनीति अहिले सत्ता पक्ष र विपक्ष दुई ध्रुवमा केन्द्रीत भएको छ । झण्डै डेढ महिनायता सत्तापक्ष र विपक्षका नेताहरु एउटै मञ्चमा देखिएका छैनन् । तर चितवनको एक कार्यक्रममा प्रधानमन्त्री एंव कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल एउटै मञ्चमा देखिए । एमाओवादी अध्यक्ष दाहाल कोइरालासंग एउटै मञ्चमा बसे अनि प्रधानमन्त्री कोइरालाबाट सम्मनित समेत भए । दुवै नेताले एउटै मञ्चबाट भाषण गरे सहमतिबाटै छिट्टै संविधान जारी गर्ने उदघोष समेत गरे । पश्चिम चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर उच्च माविको स्वर्ण महोत्सवको कोइराला र दाहालले संयुक्त रुपमा उद्घाटन गरे । कोइरालाको निर्वाचान क्षेत्रमा उक्त बिद्यालय पर्दथ्यो भने दाहालले एसएलसी पास गरेको बिद्याल हो यो । मञ्चमा कार्यक्रम चलिरहेको समयमा कोइराला र दाहालका बीचमा झन्डै आधा घन्टा लामो अनौपचारिक कुराकानी पनि भयो । मञ्चमा नै अनौपचारिक कुराकानी गरेपछि दुवैले छिट्टै सहमति हुने उद्घोष गरे । दुवैले काठमाडाँै फर्किएपछि वार्ता र संवादबाटै सहमति खोजेर संविधान बनाउने विश्वास पनि दिलाए । प्रधानमन्त्री कोइरालाले जनताको चाहनाअनुरुपको संविधान जारी गर्न आन्दोलनरत दलहरुसँग छिट्टै सहमति हुने बताए । संगै मञ्चमा रहेका अध्यक्ष दाहालप्रति संकेत गर्दै कोइरालाले उहाँले सहमतिका लागि धेरै दिन नलाग्ने पनि बताएको जानकारी दिए । कार्यक्रममा एमाओवादी केही दिनभित्रै दलहरुबीच संविधान निर्माणको विषयमा सहमति हुने कुरामा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री कोइरालासँग मञ्चमा अनौपचारिक छलफल भएको उल्लेख गर्दै दाहालले प्रधानमन्त्री पनि सकारात्मक देखिएकाले छिट्टै सहमति हुनेमा विश्वस्त रहेको बताए । अध्यक्ष दाहालले काठमाडाँै फर्किएलगत्तै सत्ता पक्ष र विपक्षीहरुको बीचमा वार्ताको वातावरण बनाउन यस कार्यक्रमको महत्वपूर्ण भूमिका भएको स्पष्ट पारे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै